CG Electronics
IME Life
NIMB

एक अर्ब पाँच करोड मुद्दति खातामा राख्न बैंक खोज्दै राष्ट्र बैंक,कस्तो रकम हो राष्ट्र बैंकले राख्न खोजेको रकम ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं ।  केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीको उपदान तथा पेन्सन वापतको १ अर्ब ५ करोड रुपैयाँ १ वर्षका लागि मुद्दति खातामा राख्न बैंक तथा वित्त कम्पनीलाई बोलपत्र आह्वान गरेको छ । हिजो मंगलबार १ अर्ब रुपैयाँ बढी बैंक तथा वित्त कम्पनीको मुद्दति खातामा लगानी गर्ने गरि केन्द्रीय बैंकले बोलपत्र आह्वान गरेको हो ।

कर्मचारी उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम राष्ट्र बैंकले वाणिज्य बैंकहरुको लागि ८४ करोड रुपैयाँ, विकास बैंकहरुलाई १५ करोड ७५ लाख रुपैयाँ र वित्त कम्पनीहरुको लागि ५ करोड २५ लाख रुपैयाँ मुद्दति खातामा राख्न छुट्याएको छ ।

उक्त रकम मुद्दति खातामा स्वीकार गर्नका लागि बैंक तथा वित्त कम्पनीलाई लिन चाहेको रकममा त्यसमा प्रस्तावित ब्याजदर उल्लेख गरी असार ९ गतेसम्म गोप्य शिलबन्दी पेश गर्न भनिएको छ । सो गोप्य शिलबन्दी बैंक तथा वित्त कम्पनीले पासपोड प्रोटेक्टेड पीडीएफ फाइल बनाएर राष्ट्र बैंकको तोकिएको इमेल पठाउनु पर्ने छ ।

उक्त रकम मुद्दति निक्षेपमा स्वीकार गर्नका लागि आवेदन दिने बैंक तथा वित्त कम्पनीहरु सञ्चालनमा आएको २ वर्ष पूरा भएको हुनुपर्ने, तोकिएको पुँजीकोष कायम गरेको हुनुपर्ने, खुद तरल सम्पत्ति निक्षेपको कम्तीमा २० प्रतिशत हुनुपर्ने, राष्ट्र बैंकको कुनैपनि कारवाहीमा ६ महिनायता नपरेको हुनुपर्ने लगायतका विभिन्न शर्तहरु राखिएको छ ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...