CG Electronics
IME Life
NIMB

हिमालयन रि–इन्स्योरेन्सको लागि ७ अर्ब जोहो गर्न जुटेका स्थापित उद्योगीहरु को-को हुन् ? के छ योजना ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं ।  हिमालयन रि–इन्स्योरेन्स कम्पनी स्थापनाका लागि नेपालका स्थापित उद्योगीहरु रकम जोहो गर्न जुटेका छन्।

अबको ४० दिनभित्र सात अर्ब जुटाउन उनीहरु लागिपरेका हुन्।

नेपालमा एउटा मात्र ‘नेपाल पुनर्बीमा कम्पनी’ छ। सोही कारण अर्को पुनर्बीमा कम्पनीको खाँचो औल्याउँदै दुई महिनाअघि बीमा समितिले आवेदन खुलाएको थियो।

त्यसको लागि ५ वटा कम्पनीले समितिमा आवेदन दिएका थिए। तीमध्ये हिमालयन रि–इन्स्योरेन्सलाई बीमा समितिले छनोट गरेको थियो।

सोहीअनुसार बीमा समितिले नयाँ कम्पनीका लागि तत्काल ७ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने भनेको छ।

तत्कालको लागि १० अर्ब पुँजीको कम्पनी हुने भनिएकामा हाललाई ७ अर्ब रुपैयाँ संस्थापकहरुले लगानी जुटाउनुपर्नेछ।

हिमालयन रिका लागि आवेदन दिने शंकर ग्रुपका निर्देशक सुलभ अग्रवाल हुन्। उनको नाममा बीमा समितिले पत्र नै लेखेको छ।

सो पत्रअनुसार ४५ दिनभित्र ७ अर्ब रकम जुटाउनुपर्ने छ। पत्र आएको पनि ५ दिन भइसकेकोले अबको ४० दिनमा हिमालयन रिका संस्थापक लगानीकर्ताहरुले सो रकम जुटाउनुपर्ने भएको हो।

को–को छन् लगानीकर्ता?
‘हिमालयन रि’मा नेपालका स्थापित मारवाडी घरानाहरु सबैजसो छन्। सुलभ अग्रवाल आफैँ आवेदक भएकोले मुख्य लगानीकर्तामा शंकर ग्रुप त हुने नै भयो।

त्यसका अलावा केएल दुगड ग्रप, एमभी दुगड ग्रुप, गोल्छा ग्रुपका शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा, लक्की ग्रुपका सतिश मोर रहेका छन्।

त्यस्तै वाणिज्य बैंक र नेपाल बैंकले समेत १ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन्। यसका अलावा सुदूरपश्चिम स्थायी घर भएका र सत्ताको नजिक रहेर सरकारको विकास आयोजनाहरुमा चलखेल गर्दै आएका दीपक भट्ट समेत यसका संस्थापक लगानीकर्ता रहेका छन्।

कसको नेतृत्व?
उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा गोल्छा ग्रुपका शेखर गोल्छा ‘हिमालयन रि’को नेतृत्व गर्न तयार रहेका छन्। यसको लागि उनले युनियन लाइफ इन्स्योरेन्सको सञ्चालकबाट राजीनामा समेत दिइसकेका छन्।

सुरुमा यसको अध्यक्ष शाहिल अग्रवाल अर्थात् हिमालयन रिकाका आवेदक सुलभ अग्रवालका भाइ रहने चर्चा थियो। तर शेखर गोल्छा आफैँले इच्छा व्यक्त गरेकोले शाहिल पछि हटेका हुन्।

दुगड ग्रुप समेत यस कम्पनीको नेतृत्वको दाबेदार थियो। तर अहिले दुगड ग्रुप नेतृत्वबाट पछि हटिसकेको छ। सञ्चालक समितिमा समेत नबस्ने निर्णय दुगड ग्रपले गरिसकेको छ।

एमभी दुगड ग्रुपका निर्देशक विवेक दुगडले भने, ‘म आफैँ गुराँस लाइफ इन्स्योरेन्सको अध्यक्ष छु। एक त म जान नै मिल्दैन, अर्को कुरा हामी अहिले लगानीकर्ताको रुपमा मात्रै रहनेछौँ।’

यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने भारतीय नागरिक मुकेश कपुर रहने बताइएको छ।

यो कम्पनीले के गर्छ?
बीमा कम्पनी भन्नेबित्तिकै जोखिम वहन गरिदिने कम्पनी हो। कुनै वस्तु वा जीवनमा क्षति हुनपुगे बीमा कम्पनीले सो क्षति बराबरको जोखिम वहन गरिदिन्छ। यसले बीमा कम्पनीहरुको पनि जोखिम वहन गर्छ।

नेपालका बीमा कम्पनीहरुले हाल भारतलगायत अन्य विदेशी मुलुकहरुका कम्पनीमा समेत आबद्ध भई पुनर्बीमा गर्ने गरेका छन्।

यसरी जोखिम वहन गरिदिएबापत बीमा कम्पनीहरुले निश्चित शुल्क तिर्नुपर्ने हुन्छ। अहिले पनि नेपाली बीमा कम्पनीहरुबाट करिब ८ अर्ब रुपैयाँको हाराहारीमा पैसा बाहिरिने गरेको छ।

नेपालका बीमा कम्पनीहरुले २० प्रतिशत पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा गर्नैपर्ने बाध्यकारी व्यवस्था छ। अब ‘हिमालयन रि’ थपिँदै गरेको अवस्थामा २० प्रतिशतलाई बढाउनुपर्ने हुन्छ।(नेपाल प्रेसबाट)

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...