CG Electronics
IME Life
NIMB

सडक निर्माणलाई केन्द्रमा राखेर माछापुच्छ्रे गाउँपालिकाले ल्यायो यस्तो लोकप्रिय बजेट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं  ।  कास्कीको माछापुच्छ्रे गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर नयाँ बजेट बनाएको छ । सडक सन्जालको विकास र स्तरोन्नतिका लागि मुख्य प्राथमि

कताका साथ बजेट विनियोजन गरिएको हो ।
वडा कार्यालयसम्मको सडक, वडाबाट गाउँ–गाउँ जोड्ने र समग्र गाउँपालिकाका सडकको गुणस्तर वृद्धि गर्न झन्डै १३ करोड रुपैयाँ विनियोजन गरिएको हो ।

१२ करोड ३५ लाख रुपैयाँ सडकको क्षेत्रमा मात्रै लगानी हुँदै छ । पालिकाले आउँदो वर्षका लागि ५६ करोड ५८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिकामा १५ किलोमिटर सडक कालोपत्रे भएको छ भने २१ किमि ग्राभेल सकिएको छ । अहिले प्रशासकीय भवन निर्माण धमाधम भइरहेको छ ।

यसका लागि १ करोड ५० लाख रुपैयाँ थप बजेट छुट्याइएको छ । माछापुच्छ्रेले संघ सरकारको वित्तीय समानीकरण अनुदान १० करोड ७ लाख, राजस्व बाँडफाँट ८ करोड ७४ लाख, विशेष अनुदान १ करोड ६२ लाख, समपुरक अनुदान १ करोड ३७ लाख, ससर्त अनुदान २४ करोड ९७ लाख रुपैयाँ पाएको छ ।

प्रदेश सरकारबाट वित्तिय समानीकरणतर्फ १ करोड १३ लाख, राजस्व बाँडफाँट ५५ लाख ८२ हजार, समपुरक अनुदान १ करोड र सामाजिक सुरक्षातर्फ १४ करोड १७ लाख रुपैयाँ अनुदान प्राप्त हुने पालिकाको अनुमान छ ।
यो वर्ष झन्डै ५ करोड रुपैयाँ खर्च नहुने देखिएको छ । त्यसलाई पनि आगामी वर्षका लागि अख्तियारी सारिएको छ । गाउँपालिकाले २ करोड २८ लाख रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान गरेको छ ।

बजेटमध्ये प्रशासनिक खर्च १० करोड ९२ रुपैयाँ हुने अनुमान गरिएको छ । ससर्त अनुदानबाट शिक्षा, स्वास्थ्य, कृषि, पशु, कर्मचारीसहित विभिन्न शीर्षकमा २४ करोड ९७ लाख ६, सामाजिक सुरक्षातर्फ १४ करोड १७ लाख १० हजार र पुँजीगततर्फ २१ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यो वर्ष पालिका भवन निर्माणका लागि डेढ करोड विनियोजन गरिएको छ भने सडक मर्मतका लागि मर्मतसम्भार कोष बनाएर ७० लाख रुपैयाँ राखिएको छ । समपुरक कोषमा ४ करोड ५० लाख छुट्याएको छ ।
दूध उत्पादक किसानलाई अनुदान दिन १३ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसबाहेक कृषि र पशु विकासका लागि १ करोड ५ लाख, पर्यटन पदमार्गको विकास गर्न २९ लाख ४७ हजार, कोभिड नियन्त्रणका लागि ४९ लाख, शिक्षा विकासमा ९४ लाख, स्वास्थ्यमा ८९ लाख रुपैयाँ छुट्याइएको छ ।

चालू खर्चतर्फ तलब भत्ता, प्रशासनिक खर्च, ससर्त अनुदानमा बजेट छुट्याइएको छ भने पुँजीगतअन्तर्गत पूर्वाधार विकासमा १४ करोड २२ लाख, सामाजिक विकासमा ५ करोड १७ लाख, आर्थिक विकासमा १ करोड ३८ लाख, वन वातावरण तथा विपद् व्यवस्थापन गर्न ४८ लाख ९९ हजार, सुशासन, संस्थागत विकास गर्न २८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिईन् ।

खासगरी कोरोना नियन्त्रण र यसबाट सिर्जित समस्या समाधानका लागि बजेट कार्यान्वयन गर्ने पालिकाले जनाएको छ । माछापुच्छ्रेले आफ्नो छुट्टै स्थानीय पाठ्यक्रम तयार गरेको छ ।

आउँदो वर्ष १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने, कृषि र सडकमा विशेष जोड दिइने पालिका अध्यक्ष कर्णबहादुर गुरुङ बताउँछन् ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...