CG Electronics
IME Life
NIMB

नेप्से कारोबार पौने सात अर्बमा खुम्चिए पनि यी हुन् धेरै कारोबार गर्ने कम्पनीहरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED
  काठमाडौं ।  साताको दुई दिन उकालो लागेको सेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ। आज बजार ४७.५ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २८२८ को विन्दुमा झरेको छ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.८८ अंकले घटेर ५२३.६९ को विन्दुमा ओर्लेको छ। यो दिन कारोबार रकम पनि पौने ७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा रातो पोतिएको छ भने एउटामा मात्रै हरियाली छाएको छ।
यो दिन वित्त समूह सर्वाधिक ४.११ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ३.९७ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.३६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.०४ प्रतिशत, जलविद्युत समूहमा २.६१ प्रतिशत, लगानी समूहमा ३.४३ प्रतिशत, जीवन बीमा समूहमा ०.९६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४३ प्रतिशत, निर्जीवन बीमा समूहमा १.७५ प्रतिशत, अन्य समूहमा २.३५ प्रतिशत र व्यापार समूहमा १.२७ प्रतिशतको गिरावट आएको छ। आज लघुवित्त समूह भने ०.५० प्रतिशतले उकालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार रुपैयाँमा किनबेच भएका छन्। आज राधी विद्युत कम्पनीको सर्वाधिक ४९ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
नेसनल हाइड्रोपावरको ३६ करोड ७८ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन एचआईडीसीएलको २९ करोड ६७ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको २३ करोड ९९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १६ करोड ५३ लाख रुपैयाँ, माथिल्ला तामाकोशीको १५ करोड ४६ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १३ करोड ४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १२ करोड ६५ लाख रुपैयाँ, निफ्राको १२ करोड ५० लाख रुपैयाँ र नेपाल बैंकको ११ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने आज ओरियन्टल होटेलका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।
प्रोग्रेसिभ फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो फाइनान्सको सेयरभाउमा ९ प्रतिशतको हाराहारीमा गिरावट आएको छ। एचआईडीसीएल र बेस्ट फाइनान्सको सेयरमूल्य पनि ८ प्रतिशत बढीले ओरालो लागेको छ।
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...