CG Electronics
IME Life
NIMB

नेपालको ८९ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा रहेको आयो यस्तो तथ्याङ्क

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं ।  नेपालको कुल जनसंख्यामध्ये ८९ प्रतिशतमा इन्टरनेट सेवाको पहुँचमा पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्यांकअनुसार नेपालमा ८८ दशमलव ९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको छ। प्राधिकरणले नेपालको कुल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ। प्राधिकरणको तथ्यांकअनुसार चैत महिनासम्म दुई करोड ६८ लाख ८२ हजारभन्दा बढीकोे पहुँचमा इन्टरनेट सेवा पुगेको छ।

गत फागुनको तुलनामा चैतमा पाँच लाख २६ हजार बढी प्रयोगकर्ता थपिएको जनाइएको छ। उक्त तथ्यांकअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ।

चैतसम्म मोबाइल इन्टरनेट प्रयोगकर्ताको हिस्सा ६५ दशमलव ३९ प्रतिशत छ। एक करोड १७ लाख ६० हजारभन्दा बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ। त्यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९३ लाख ३५ हजार र एनसेलको २४ लाख २५ हजार रहेको जनाइएको छ।त्यस्तै, फोरजीका प्रयोगकर्ता ७८ लाख ७१ हजार ५५५ पुगेका छन्।

फोरजी प्रयोगकर्ता भने एनसेलका धेरै रहेका छन्। नौ महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ५० लाख १७ हजार १७० पुगेका छन्।

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...