‘माछीलाई खोलीको लेउ’ बोलको गीत सार्वजनिक
Friday Jul 30, 2021
वि.सं.२०७८ साउन १५ शुक्रवार २२:१२

काठमाडौं । ‘माछीलाई खोलीको लेउ’ बोलको गीत सार्वजनिक गरिएको छ । जसमा कलाकार हरिवंश आचार्य र मेलिना राईले स्वर छ । गीतमा दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगीत छ ।
विक्रम स्वारको निर्देशनमा तयार भएको गीतको भिडियोमा कलाकार हरिवंश आचार्य, करिश्मा मानन्धर, केकी अधिकारि र पल शाहको अभिनय देख्न सकिन्छ । विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन तथा भुपेन्द्र अधिकारी र सुवर्ण दुलालको सम्पादन छ ।
नरेन्द्र वियोगीले एरेन्ज गरेको गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ र मास्टरिङ गरेका छन् । करिब तीन वर्षअगाडि ‘माछीले खाने खोलीको लेउ’ बोलको गीत रिलिज भएको थियो उक्त गीतमा दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगीत थियो । साथै गीतमा गायक सरोज ओली र मेलिना राईले स्वर दिनुभएको थियो । उक्त गीतको भिडियोलाई युट्युबमा करिब साढे चार करोड पटक हेरिएको छ ।
























