CG Electronics
IME Life
NIMB

चिनीमा कमिला झुम्मिएझैँ गरि मैलुङ खोलाको आइपिओमा आवेदन दिनेको लाग्यो ओईरो,कतिले भरे ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । मैलुङ खोला जलविद्युतको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदनको ओइरो लागेको छ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धका सिद्धार्थ क्यापिटलका अनुसार आइतबार ५ बजेसम्म १७ लाख ७६ हजार ७११ जनाले २ करोड ४१ लाख ८३ हजार ४८० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा करिब ३५.३१ गुणा बढी हो ।

कम्पनीले बिहीबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।

निष्काशित कुल सेयरमध्ये २ प्रतिशत (१४ हजार ७२६ कित्ता) कम्पनीक कर्मचारी र ५ प्रतिशत (३६ हजार ८१४) कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले यस अघि नै आयोजना प्रवाभित रसुवाका स्थानीयका लागि ३ लाख ६८ हजार १४४ कित्ता १० प्रतिशत आइपीओ विक्री गरिसकेको छ ।

कम्पनीको आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै आइपीओ विक्री नभएमा भने साउन २८ गतेसम्म आवेदन दिन पाइने छ ।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्राएनपी ग्रेड ५’ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता कमजोर रहेको जनाउँद छ ।

कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनी संस्थापक समूहको ७० प्रतिशत, स्थानीय बासीन्दाको १० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व संरचना रहेको छ ।

कम्पनीले रसुवा जिल्लाको डाँडागाउँमा ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजना बनाइरहेको छ ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...