CG Electronics
IME Life
NIMB

धितोपत्र बोर्डमा अख्तियार पस्यो,क-कसलाई कस्दैछ पाता ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । बुक बिल्डिङ विधिमार्फत धितोपत्रको प्राथमिक निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टबाट नेपाल धितोपत्र बोर्डका अध्यक्षले ‘गोल्डेन सेयर’ लिएको आरोपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

अख्तियार स्रोतको अनुसार केही दिन अगाडि धितोपत्र बोर्डविरुद्ध उजुरी परेपछि प्रारम्भिक छानबिन सुरु भएको थियो । छानबिनको क्रममा थप कागजात आवश्यक परेपछि अख्तियारले बोर्डसँग थप कागजात मागेको स्रोतले बतायो ।

“बोर्ड र बोर्ड अध्यक्षको उजुरी परेपछि हामीले प्रारम्भिक अनुसन्धान अगाडि बढाएका थियौँ,” अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले भने, “हाम्रो प्रारम्भिक अनुसन्धानर सञ्चार माध्यममा आएका समाचारपछि थप अनुसन्धानका लागि कागजात मागाएका छौँ ।”

सार्वजनिक निष्कासनमा लागु भएको नयाँ विधि बुक बिल्डिङबाट सार्वजनिक निष्कासन गर्न सर्वोत्तम सिमेन्टले प्रक्रिया अगाडि बढाएको छ । सोही कम्पनीको ११ हजार ९१२ कित्ता सेयर धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाको छोरी रेविका ढुङ्गाना र ११ हजार ९१२ कित्ता सेयर नै नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्द्र सिंह साउँदकी श्रीमती शुसिला कुमारी बोहोराको नाममा रहेको समाचार हिमालखबरले लेखेको थियो ।

सार्वजनिक निष्कासनमा बुक बिल्डङ विधि प्रयोग गर्न लागेको पहिलो कम्पनीको सेयर धितोपत्र बोर्डका अध्यक्षको छोरी र नेप्सेका सीईओको श्रीमतीको नाममा भएपछि उनीहरूमाथि ‘गोल्डेन’ सेयर लिएको आरोप लागेको छ । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्नका लागि कम्पनीको भ्यालुएसन गराएर ७५० रुपैयाँ मूल्य प्रस्ताव गरेको छ । तर सोही कम्पनीको सेयर नेप्से र धितोपत्र बोर्डको सञ्चालक तथा सीईओका परिवार र आफन्तले भने २५० रुपैयाँ प्रति कित्ताका दरले खरिद गरेको उल्लेख छ ।

यति मात्रै नभएर नेप्सेकै सञ्चालक रहेको चन्द्र प्रसाद ढकालका भाइ हेमराज ढकालको नाममा पनि उक्त कम्पनीको सेयर रहेको देखिन्छ ।

सोही प्रकरणमा अख्तियारले पनि आफ्नो छानबिन अगाडि बढाएको हो । यता तालुकदार अर्थ मन्त्रालयमले पनि उक्त प्रकरणमा धितोपत्र बोर्ड र नेप्सेलाई स्पस्टीकरण सोधको छ । धितोपत्र बोर्डले आजै अधिकृत तहसम्मका कर्मचारीको हस्ताक्षरसहित मन्त्रालयलाई स्पष्टीकरण पठाइसकेको छ ।

यता धितोपत्र बोर्डको कर्मचारी युनीयनले भने बोर्ड सञ्चालक र अध्यक्षले पदीय मर्यादा विपरीतको कार्य गर्दा सिंगो बोर्डलाई नै स्पष्टीकरण माग गरेकोप्रति आपत्ति जनाएको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष राजुबहादुर जिसी र बरिष्ठ उपाध्यक्ष गौरव विष्टले हस्ताक्षर गर्दै जारी गरेको विज्ञप्तिमा उक्त प्रकरणमा संलग्नलाई निलम्बन गरी छानबिन गर्न र दोषी देखिए कारबाही गर्न माग गरिएको छ ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...