जीवन विकास लघुवित्त यसरी लाग्यो उकालो, कुन लघुवित्तले कति कमाए नाफा (सुची-सहित)
Thursday Aug 05, 2021
वि.सं.२०७८ साउन २१ बिहीवार ०९:४१

काठमाडौँ । बिहीबार वित्तीय विवरण सार्वजनिक गरेका सात सूचिकृत लघुवित्तमध्ये सर्वाधिक रिटर्न अन इक्विटी (पुँजीमा प्रतिफल अर्थात आरओइ) जीवन विकासको छ। कम्पनीको ३९ रुपैयाँ नाघेको छ।
नेरुडु, गुँरास, निर्धन उत्थान, एनएमबि, फर्वार्ड, स्वाभिमान र जीवन विकासले बिहीबार गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेका हुन्।
उच्च नाफा भने निर्धन उत्थानले गरेको छ। कम्पनीले ९१ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ। यसको प्रति सेयर आम्दानी ५४ रुपैयाँ छ भने आरओइ २०.८६ प्रतिशत छ।

यसपछि उच्च नाफा जीवन विकासले गरेको छ। यसको खुद नाफा ६८ करोड ९५ लाख रुपैयाँ छ। प्रति सेयर आम्दानी ११३ रुपैयाँभन्दा बढि छ। चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ भएकाले यसको प्रति सेयर आम्दानीमा थप सुधार भएको हो। यो तुलना निर्धनसँग गरिएको हो। यसको चुक्ता पुँजी एक अर्ब ६९ करोड रुपैयाँ छ।
फर्वार्ड कम्युनिटीले ५७ करोड ४६ लाख रुपैयाँ नाफा गरेको छ। यसको प्रति सेयर आम्दानी करिव ९२ रुपैयाँ छ भने आरओइ ३२ प्रतिशत छ। यसपछि एनएमबि माइक्रोफाइनान्सले नाफा गरेको छ। कम्पनीको नाफा १९ करोड ८७ लाख रुपैयाँ छ।
नेरुडेले १८ करोड २३ लाख रुपैयाँ नाफा गरेको छ भने स्वाभिमानले ५ करोड ५९ लाख रुपैयाँ गरेको छ। सबैभन्दा कम गुँरास लघुवित्तले २ करोड २० लाख रुपैयाँ गरेको छ।
























