सेञ्चुरी बैंकका अध्यक्षविरुद्ध किन भयो मिडियाबाजी, बैंकले खण्डन सहित गर्यो यस्तो दाबी
Thursday Aug 05, 2021
वि.सं.२०७८ साउन २१ बिहीवार १८:५३

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले बैंक र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठविरुद्ध भ्रामक समाचार प्रेषित गरेको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकले भनेको छ,‘संचालक तथा सम्बन्धित व्यक्तिको विरुद्ध भ्रामक र कपोकल्पित समाचार केही अनलाइन संचारमाध्यममा समाचार प्रेषित भएको प्रति बैंकको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता कपोकल्पित भ्रमपूर्ण समाचारप्रति बैंक खेद व्यक्तगर्न चाहन्छ ।’
बैंकले विप्रेषण कारोबार गर्न मौरिससमा दर्ता भएको एम एण्ड रेमिटसँग विप्रेषण कारोबार गरेको र उक्त कम्पनीबाट असुली गर्नु पर्ने रकमका सम्बन्धमा बैंक र रेमिट कम्पनीबीचको सम्झौतामा विवादित विषय मध्यस्तकर्तासँगको पलहमा समाधान गरिने व्यवस्था बमोजिम उक्त असुलीको विषय हाल मध्यस्तकर्तासँगको समन्वयमा आवश्यक काम कारवाही अघि बढिरहेको र छिट्टै यस मुद्धाको फैसला आउनेमा बैंक विश्वस्त समेत बताएको छ ।
बैंकले भनेको छ,‘तसर्थ अदालती प्रक्रियामा रहेको र सुनुवाई हुँदै गरेको मुद्धामा अनावश्यक, कपोकल्पित र भ्रामक समाचार प्रेषित गर्नु निन्दनीय र कानून संगत नहुने व्यहोरासमेत सम्र्पूण सरोकारवाला सबैमा जानकारी गराउन चाहन्छौं ।’
























