CG Electronics
IME Life
NIMB

सानिमा लाइफ इन्स्योरेन्सको आईपिओ भर्नेको लाग्यो बाढी,अहिले सम्ममा कतिले भरे ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ ।  सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ)मा पहिलो दिनमै आवेदनको ओइरो लागेको छ ।

कम्पनीको सेयर विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बिहीबार ५ बजेसम्म १५ लाख ४ हजार ८११ जनाले २ करोड ३९ लाख ४७ हजार ७८० कित्ताका लागि आवेदन दिएका छन् ।यो मागभन्दा ४.४३ गुण बढी हो ।

कम्पनीले बुधबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।

कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख कित्ता) कम्पनीका कर्मचारी र अर्को ५ प्रतिशत (३ लाख कित्ता) नै सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी ५४ लाख हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपीओमा साउन २४ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिभित्र विक्री नभएका भने ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

लघुवित्तको आइपीओमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखाका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी ९ट्रिपल बी० माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमै दायित्व वहन गर्नसक्ने क्षमता औसतमा मध्यम रहेको जनाउँछ ।

हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ जारी पछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

कति कित्ता भर्नु उपयुक्त ?

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।

कम्पनीले सर्वसाधरणलाई ५४ लाख कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ५ लाख ४० जनालाई मात्र सेयर दिन पुग्छ ।

दुई दिनमै १५ लाख बढीले भरिसकेको र अझै आवेदन दिने समय आइतबारसम्म छ । यस आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...