CG Electronics
IME Life
NIMB

नौ बैंकको सेयर रहेको मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा,कति छ मूल्य ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । नौ वटा बैंक प्रवर्द्धक रहेको मेरो माइक्रोफाइनान्स लघुवित्तबाट संस्थापक सेयरधनीले ठूलो हिस्सा सेयर बिक्री गर्ने भएका छन्।

एक अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीमा ६९.४ प्रतिशत संस्थापक सेयर नौ वटा वाणिज्य बैंकहरुको छ। कम्पनीका संस्थापकमध्येको ५ लाख ९८ हजार ५९८ कित्ता सेयर बिक्रीमा राखिएको हो।

यो कुल चुक्ता पुँजीको ५.९८ प्रतिशत हो भने संस्थापक समूहको मात्र ८.६२ प्रतिशत हो। कम्पनीले यो सेयर प्रति कित्ता ५९५ रुपैयाँका दरले बिक्री गर्न लागेको हो। यो न्यूनतम मूल्य हो। यही मूल्यमा बिक्री भएमा ३५ करोड ६१ लाख ६५ हजार ८१० रुपैयाँको डिल हुने छ।

सेयर खरिद गर्न इच्छुकले साउन ३२ गतेसम्म अधिकतम मूल्य खुलाइ आवेदन दिनुपर्ने हुन्छ। कम्पनीको साधारण सेयर दोस्रो बजारमा १६७० रुपैयाँका दरले किनबेच भइरहेको छ। यसको आधा मूल्य संस्थापकको हुने गरेको छ।

गत आर्थिक वर्ष कम्पनीले ४४ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको छ। यसको कुल ऋण लगानी १३ अर्ब ६४ करोड रुपैयाँ छ।

कम्पनीमा ग्लोबल आइएमइ बैंकको १४ प्रतिशत, एनआइसी एसिया, प्रभु, एनएमबि, प्राइम कमर्सियल, लुम्बिनी विकास बैंक र कुमारी बैंकको सात प्रतिशतका दरले लगानी छ। ६.९ प्रतिशत सेयर सिटिजन्स बैंकको छ भने ६.५ प्रतिशत सेयर सिद्धार्थ बैंकको छ।

टाइटनको २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, आलिया भट्ट नेपालका लागि ब्रान्ड एम्बासडर घोषित

टाइटनको २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, आलिया...

वि.सं.२०८३ असार १ सोमवार १५:५९

  विश्वप्रसिद्ध घडी तथा लाइफस्टाइल ब्रान्ड टाइटन को नेपाल प्रवेशको...

इप्पानको नयाँ नेतृत्वद्वारा सपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा ऊर्जा क्षेत्रमा आमूल परिवर्तनको प्रतिबद्धता

इप्पानको नयाँ नेतृत्वद्वारा सपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा...

वि.सं.२०८३ असार १ सोमवार ११:०६

  काठमाडौं,स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित नेतृत्वले...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार १ सोमवार १०:०५

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...