CG Electronics
IME Life
NIMB

राष्ट्र बैंकले मौका दिएपछि बैंकहरूले ब्याज असूली र राइट ब्याक बढाए, कुन बैंकले कति असुल्यो ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

असारमा कर्जा नोक्सानी व्यवस्था राम्रो गर्ने बैंकहरुले गत भदौ १५ गते सम्ममा पूरै असूली गरेका छन् । यसबीचमा नउठेको ब्याज इन्ट्रेस्ट सस्पेण्ड समेत राम्ररी असूली गरेका छन् । यसले गर्दा ठूलो परिमाणमा कर्जा नोक्सानी व्यवस्था गर्ने बैंकहरुले गत बर्षको नाफाबाट डेढदेखि २ प्रतिशत सम्मले लाभांश दिने क्षमतामा वृद्धि गर्न सफल भएको सम्बद्ध बैंकहरुले जानकारी दिएका छन् ।

राष्ट्र बैंकले भदौ १५ सम्ममा ब्याज उठाउन र कोभिड प्रभावित कर्जा आगामी पुस मसान्तसम्ममा पुनर्संरचना गरी असल कर्जाको रुपमा वर्गिकरण गर्न दिने व्यवस्था गरिदिएको भरपुर फाइदा बैंकहरुले लिन सफल भएका छन् ।

राष्ट्र बैंकले दिने सुविधाबारे थाहा पाएका सरकारी तथा केही निजी बैंकहरुले कर्जा नोक्सानी व्यवस्था कम गरेका थिए । यस पटक सबैभन्दा बढी एनआईसी बैंकले ११९ करोड प्रोभिजन गरे पनि कर्जा विस्तारको तुलनामा अझै कम नै रहेको छ । राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार थप्नुपर्ने ०.३ प्रतिशतले मात्र पनि यस बैंकले करिव ८० करोड रुपैयाँ बराबरको नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ । यथार्थमा आधारित लेखापरीक्षण गर्ने हो भने यस बैंकको खराब कर्जा बढेर करीब ८ प्रतिशत पुगिसकेको बताइएको छ ।

११८ करोड रुपैयाँ प्रोभिजन गरेको ग्लोबल आईएमई बैंकले करिव आधा रकम पुनर्संरचना गरी असुल गरेको छ । त्यस्तै अन्य बैंकमध्ये सिद्दार्थले रु ८६ करोड प्रोभिजन गरेको थियो । यसमध्ये करीव आधा रकम पुनर्संरचनामार्फत् राइट ब्याक भएको र केही नउठेको ब्याज समेत असली गरेको जनाइएको छ । यसले गर्दा सो बैंकको लाभांश दिने क्षमता अढाई प्रतिशतले बढेको देखिएको छ । अर्को बढी प्रोभिजन राख्ने मेगा बैंकले ८४ करोड राखेकोमध्ये आधा रकम पुनर्संरचनामार्फत् असल कर्जामा रुपान्तरण गरेको जनाइएको छ ।

त्यसैगरी, प्राइम बैंकले ७८ करोड गरेको छ । र, यस बैंकले पनि प्रोभिजनको आधा रकम राइट बैंक गरी ब्याज समेत असूली गरेको जनाइएको छ । प्रोभिजन गर्ने अन्य बैंकहरुमा सिटिजन्स बैंकले ७२ करोड, नबिल बैंकले ६५ करोड, लक्ष्मी र सेञ्चुरीले ५६ करोड, कुमारीले ५४ करोड, माछापुच्छ्रे ४९ करोड, नेपाल बैंक र एनसीसी ४१ करोड, एनएमबी ३८करोड, इन्भेष्टमेन्ट बैंकले ३७ करोड रहेका छन् । यसबीचमा २८ करोड मात्र प्रोभिजन गरेको सानिमा बैंकले नउठेको ब्याजचाहि धेरै उठाएको सो बैंकले जनाएको छ ।

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...