CG Electronics
IME Life
NIMB

हस्तकला डिजाइनिङ प्रतियोगिताका बिजेता घोषणा

NIMB
Himalayan Bank

नेपाल हस्तकला महासंघले हस्तकला डिजाइनिङ प्रतियोगितका बिजेता घोषणा गरेको छ । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) द्धारा आयोजित प्रतियोगितामा रविना श्रेष्ठ, रोशन ठाकुर र निलिमा प्रधान क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको छ ।

बिजेतारुलाई नगद पुरस्कारका साथै इन्टेरियर डिजाइनिङ हस्तकला अवार्डबाट सम्मानित गरेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सस्कृति, पर्यटन तथा नागरिक उडडयान सचिव यादव प्रसाद कोइरालाले अवार्ड प्रदान गर्नुभयो । सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याललगायतको पनि उपस्थिति रहेको थियो ।

हस्तकला वर्ष २०२१ का संयोजक तथा महासंघ उपाध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिनुभयो । प्रतियोगिताका लागि स्टार मार्वल एण्ड सेनेटरी तथा ग्लोवल आइएमइ बैंकको पनि सहयोग रहेको शाक्यले बताउनुभयो । । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि महासंघ र आइडिया नेपालबीच गत महिना सहकार्य गर्ने सझौता भएको थियो । सझौताअनुसार इन्टेरिएर डिजाइनिङका विद्यार्थीबीच हस्तकला डिजाइनिङ प्रतियोगिता आयोजना गरिएको र आइडिया नेपालकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले जानकारी गराउनुभयो ।

नेपाली हस्तकलालाई समयअनुसार परिमार्जन गर्दै जाने उद्देश्यका साथ हस्तकला वर्ष २०२१ को अवसरमा हस्तकलाको प्रवद्र्धनात्मक अभियानअनुसार नै दुबै संस्थाबीच सहकार्यका लागि उक्त सझौता भएको होे । यस्ता कार्यक्रमहरुले विश्वव्यापी कोरोनाका कारण हस्तकला निर्यात प्रभावित भइरहेको सन्दर्भमा नेपाली हस्तकला बजारलाई चलायनमान बनाउने कार्यमा सघाउ पु¥याउने महासंघको अपेक्षा रहेको छ ।

आठ लाखभन्दा बढीलाई रोजगारीका साथै निर्यात र आन्तरिक बजारसमेत गरी वार्षिकरुपमा झण्डै २० अर्ब रुपैयाँ बराबरको हस्तकलाको कारोबार हुने गरेकोमा कोरोनाका कारण निर्यात र आन्तरिक बजार दुबै खस्किएको छ । निर्यात व्यापारको मेरुदण्डका रुपमा रहेको हस्तकलालाई पुनरजीवन महासंघले तीनवटै तहका सरकारसँगको सहकार्यमा जोड दिएको छ ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...