दराज बिक्रेता कसरी बन्ने, अब एकै क्लिकमा अनलाइन व्यवसाय गर्नुहोस
Sunday Nov 14, 2021
वि.सं.२०७८ कात्तिक २८ आइतवार ०९:१६
बढ्दोे विश्वसनीयताका कारण नेपालमा इ–कमर्सका सम्भावनाहरु ठुलो मात्रामा रहेका छन् । किनभने अनलाइन किनमेल गर्न निकै सरल छ । उपभोक्ताहरुले केवल इन्र्टनेट र फोन अथवा कम्प्यूटरको साहयताले आफूले किन्न चाहेको सामानहरु सजिलै सँग खोज्न सक्दछन्, रोज्न सक्दछन् र आफ्नो घर सम्मै डिलिभर गराँउन सक्दछन् ।
दराजमा बिक्रेता बन्न निक्कै सजिलो छ । दराज बिक्रेता बनेर तपाईले पनि आफ्नै अनलाइन पसल खोल्न सक्नुहुनेछ । दराजको लागि, इ–कमर्स वातावरणमा दराज बिक्रेताहरुको निकै ठूलो भूमिका रहेको हुन्छ । दराज सगँ तपाईले उपयुक्त एक्सपोज्यरपाई नेपालका हरेक कुनामा रहेका उपभोक्ताहरु सामु आफ्नो पहुँच पुर्याइ व्यापार बढाउन सक्नुहुनेछ ।
दराजले एकै छाना मुनि सयौं लोकप्रीय ब्राण्ड्हरुका उत्पादनहरुलाई इलेक्ट्रनिक्स्, घरेलु समान, खेलौना, फ्याशन, आदि जस्ता वर्गहरुमा वर्गीेकृत गरेर नेपालमा अनलाइन शपिङ्गको नयाँ अवधारणा ल्याएको छ ।
दराज सगँ तपाईले नयाँ र उत्कृष्ट प्रणालीहरुको उपयोग गर्नपाउनुहुनेछ जुन इ–कमर्स संसारका चिनियाँ महारथी अलिबाबा सगँ मिलेर बनाइएको हो । सन् २०१८ मा अलिबाबाले दराजलाई आफ्नो अन्तर्गत लिएको हो । उक्त प्रणालीहरु द्वारा तपाईले आफ्नो सफलता आपैm सिर्जना गर्नसक्नुहुनेछ । दराज ग्लोबलका सि।इ।ओ।, ब्यिार्के मिक्खेल्सन, भन्छन, “हाम्रो लागि, सबैभन्दा उत्कृष्ट बिक्रेता भनेको बिक्रेतानै आफै हो – दराज हैन । यसकारण हामी बिक्रेताहरुलाई स्वतन्त्रताको साथ बिक्री गर्न पाउने सबै औजारहरु उपलब्ध गराउँदछौँ । हाम्रो काम भनेको यस्तो औजार र नियन्त्रण प्रणालीहरुको विकास गर्नु हो जसले हरेक लेनदेनमा उपभोक्तालाई सत्प्रतिशत सुरक्षित राख्दछन् ।
दराजको बिक्रेता बन्ने तरिका यस प्रकार छन् :
१. दर्ता गरी उत्पादनहरु सूची गर्नुहोस
दराजमा आफ्नो व्यवसाय दर्ता गर्न को लागि यहाँहरु को व्यवसाय एब्ल् या ख्ब्त् मा दर्ता भएको हुनु पर्ने छ । साथै यहाँहरुको व्यवसायको नाममा कुनै एक बैंक मा खाता रहेको हुनुपर्नेछ।
दर्ता गर्न कुनै शूल्क लाग्दैन, यो सत्प्रतिशत निःशूल्क प्रक्रिया हो । दर्ता भइसके पछि यहाँहरुले उत्पादनहरु सूची गर्नहोस । दर्ता र सूची गरीसके पछि यहाँहरुले उत्पादनहरु बिक्री गर्नसक्नुहुनेछ । यस पश्चात यहाँहरुले छिट्टै उपभोक्ताहरु मार्पmत समानहरुको अर्डरहरु प्राप्त गनुहुनेछ । उक्त अर्डरहरु यहाँहरुले बिक्रेता सेन्टर ९कभििभच अभलतभच० प्रयोग गरी व्यवस्थापन गर्न सक्नुहुनेछ ।
२. अर्डरहरु प्राप्त गर्नुहोस, समान प्याक गर्नुहोस र बिक्री गर्नुहोस
दराज द्वारा यहाँहरुले हरेक महिना ७ लाख भन्दा बढि नेपाली उपभोक्ताहरु माझ आफ्नो पहुँच पु¥याउन सक्नुहुनेछ । साथसाथै दराजको पुरै टिम दराजको साइट र एपमा नयाँ उपभोक्ताहरु आकर्षित गर्न सधैं समर्पित छन् । यहाँहरुले उपभोक्ताहरु मार्पmत समानहरुको अर्डरहरु प्राप्त गरीसके पछि उक्त अर्डरहरुको प्याकेजिङ्ग मात्र गर्नुपर्नेछ, बाकी सबै हामी माथि छोडिदिनुहोस ।
३. रकम प्राप्त गर्नुहोस, व्यापार बढाउनुहोस
दराजले समान वितरण गरीसके पछि तपाईको बैंक खातामा रकम जम्मा गरीदिनेछ । तपाईको बिक्रीहरुबाट उठेको रकमबाट केही सानो मात्रामा फि लिनेछौं । दराज सगँ तपाईले नेपालका सबै ठूला शहरहरुमा आफ्नो पहुँच पु¥याउन सक्नुहुनेछ । दराजले नेपालका २२ ठूला शहरहरुमा सजिलैसँग वितरण गर्नसक्दछ ।
थप जानकारीको लागि ०१–५९७०१११ ÷ ०१–५२१७४७५ मा सम्र्पक गर्नुहोस ।
























