CG Electronics
IME Life
NIMB

कामना सेवा विकास बैंक लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

कामना सेवा विकास बैंक लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  कार्तिक २३ गते मंगलबारका दिन काठमाडौं बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा सफलतापुर्वक सु–सम्पन्न भएको हो । कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित कानून अनुसार बोलाइएको वार्षिक साधारण सभा कोभिड–१९ को प्रभाव कायमै रहेको हुंदा नेपाल सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्स तथा भौतिक उपस्थितिको माध्यमबाट सञ्चालन गरिएको थियो ।

साधारण सभामा बैंकको चुक्ता पूँजीको झण्डै ५४।७४ प्रतिशत भन्दा बढी शेयरधनीको प्रतिनिधित्व हुने गरी २५० जना मात्र शेयरधनी महानुभावको स्वयम् उपस्थिति रहेको थियो भने १०० जना भन्दा बढी शेयरधनीहरु जोडिएका थिए । साधारणसभाले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु।२,६५,१९,६३,७३१।५९ को १८।५० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०।९७ प्रतिशत समेत गरी कुूल १९।४७ प्रतिशत लाभाँश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । बैंकले आ।व। २०७८÷०७९ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक पी।के।एफ टि आर उपाध्याय एण्ड कम्पनी लाई नियुक्ति गरेको छ ।

उक्त सभामा बैंकका अध्यक्ष सुदिप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७७र०७८ कोवासलात, नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७८÷०७९ को असोज मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दै बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल विकास बैंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताउनु भयो । संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी जम्मा ६ जना सञ्चालककोनिर्वाचन कार्यक्रम समेत रहेको यस साधारणसभाबाट संस्थापक समूहबाट सुदिप आचार्य, भिम प्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधरण समूह तर्फबाट देवकृष्ण काफ्ले, विश्वेश्वर सुवेदी र श्री बलराम बराल निर्विरोध निर्वाचित हुनु भएको घोषणा निर्वाचन अधिकृत यादव प्रसाद ढङ्गानाले गर्नु भएको थियो ।

आजै बसेको सञ्चालक समितिको बैठकले सुदिप आचार्यलाई अध्यक्षमा चयन गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा बसेको साधारण सभामा सञ्चालक चतुराखर अधिकारीले शेयरधनी महानुभावहरु लगायत उपस्थित सबैलाई मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो भने सञ्चालक बलराम बरालले धन्यवाद ज्ञापन गर्नु भएको थियो। उक्त कार्यक्रमको सञ्चालन कम्पनी सचिव हरि प्रसाद लम्सालले गर्नुभएको थियो

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...