प्रभु बैंकले अष्ट्रेलियाको फरेक्स स्पोर्टसँग गर्यो रेमिट्यान्ससम्बन्धी सम्झौता
Sunday Nov 14, 2021
वि.सं.२०७८ कात्तिक २८ आइतवार १५:१३
प्रभु बैंक लिमिटेड र अष्ट्रेलियाको फोरेक्स स्पोर्ट प्रालीसँग रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता गरेको छ ।
सम्झौतापश्चात अष्ट्रेलियामा बसोवास गरिरहेका नेपालीहरुले अब फरेक्स स्पोर्टमार्फत नेपालमा रहेका आफन्तलाई नेपाल भरि रहेका प्रभु बैंकका २१४ वटा शाखाहरु तथा प्रभु रेमिट्यान्सका १६ हजारभन्दा बढि एजेन्टहरुबाट सहजै भुक्तानी पाउन सक्ने भएका छन् ।
साथै यो सेवा प्रभु बैंकको खातामा मात्रै सिमित नभई देशका अन्य बैंक तथा वित्तिय संस्थाहरुको खातामा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

























