CG Electronics
Ncell NPL
NIMB

भाञ्जीसँग अश्लिल गतिविधि गर्ने ‘नेता’ मामा पक्राउ

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं  ।  भाञ्जीसँग अश्लिल गतिविधि र युवती अपहरणको आरोपमा सत्तारुढ दलका एक नेता पक्राउ परेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता ईश्वर खड्का युवती अपहरणकाण्डमा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलकी १८ वर्षीया युवती उषा थापालाई अपहरण गरेको अभियोगमा प्रहरीले खड्कालाई हिरासतमा राखेको हो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीका नेकपाका नेता ईश्वर खड्काले उषा थापालाई अपहरण गरेको भन्दै महानगरीय प्रहरी वृत्त जगातीमा किटानी जाहेरी परेको थियो ।

कात्तिक ५ गतेदेखि हराइरहेकी उषाका बावु माधव थापाले छोरी अपहरण गरेको उजुरी दिएको प्रहरीले जनाएको छ ।

कोही नभएको मौका छोपी घरबाट निस्किएकी उषाको अहिलेसम्म अत्तोपत्तो छैन । उषाका बुवा माधव थापाले आफ्नै साला नाता पर्ने ईश्वर खड्काले छोरीलाई अपहरण गरेको भन्दै जगाती प्रहरी वृत्तमा किटानी जाहेरी दिएपछि प्रहरीले नेकपाका नेता ईश्वर खड्कालाई हिरासतमा राखेर अनुसन्धान थालेको नायब उपरीक्षक शिशु शर्माले जानकारी दिएका छन् । खड्का तत्कालीन नेकपा (एमाले) को खेलकुद महासंघको भक्तपुर सचिव हुन् ।

युवती उषा थापा र नेकपाका नेता ईश्वर खड्काबीच फेसबुक मेसेञ्जरमा कुराकानी भएको आधारमा प्रहरीले ईश्वर खड्कामाथि अपहरण नभई साइबर क्राइमअन्तर्गत मुद्दा चलाएको डिएसपी शर्माले बताएका छन् ।

फेसबुक मेसेञ्जरको च्याटिङमा नाताले मामा भाञ्जी पर्ने भए पनि अश्लीलभन्दा पनि अश्लील शब्द प्रयोगसहित उषा थापा र ईश्वर खड्काबीच अन्तरङ्ग कुराकानी भएको अनुसन्धानबाट देखिएको डिएसपी शर्माले बताएका छन् ।

प्रहरीले उषा थापा हराएपछि उनको कोठामा खानतलासी गर्दा दुईवटा अलग अलग चिठ्ठी बरामद गरेको छ । चिट्ठीमा मामा (ईश्वर खड्का) को कुनै दोष छैन भनी लेखिएको पाइएको प्रहरी नायब उपरीक्षक शर्माले बताएका छन् ।

प्रहरीले हराइरहेकी उषा थापाको नयाँ फेसबुक अकाउन्ट पहिचान गरेको छ । अकाउन्टबाट उषा थापाले सिपाडोलकै आफ्नी एक साथीलाई आफू ओखलढुंगा रहेको जानकारी दिएको प्रहरीले उल्लेख गरेको छ ।

नेकपाका नेता समेत रहेका मामा पर्ने ईश्वर खड्कासँगको प्रेममा परेकी उषा थापा भक्तपुरको सिपाडोलकै शान्ति निकेतन माविमा कक्षा ९ पढ्दै थिइन् ।

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...