CG Electronics
IME Life
NIMB

नेष्डो समृद्ध लघुवित्तको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । कम्पनीले उत्कृष्ट शाखाहरुलाई सम्मान गर्दै बिहिबार पोखरामा गोष्ठी सम्पन्न गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को दुई दिने अर्धवार्षिक समिक्षा एवं कोभिड ब्यवस्थापन सतर्कता गोष्ठी सम्पन्न गरेको हो ।

उक्त अर्धवार्षिक समिक्षा अनुसार संस्थाले यस अवधीमा जम्मा ७१ वटा केन्द्र थप गरी केन्द्र सख्या ५ हजार ९ सय ९७ पुर्याएको छ भने सदस्य तर्फ १ सय ७८ जना घटाई ७७ हजार ८ सय ५९ कायम राखेको छ ।

 

यसै गरी ऋणी तर्फ १ हजार ३ सय ९८ जना वृद्धि गरी ४१ हजार २ सय ९१ पुर्याएको छ भने वचत तर्फ १२ करोड ८० लाख ५९ हजार ३ सय ३२ वृद्धि गरी २ अरव ९० करोड ६९ लाख ८९ हजार १ सय ८२ पुर्याएको छ । संस्थाले यस अर्धवार्षिक अवधीमा लगानीमा रही रहेको कर्जा तर्फ ४८ करोड ७७ लाख ९६ हजार ४ सय ६८ रुपैयाँ वृद्धी गरी ४ अरव २१ करोड ७३ लाख १५ हजार ९ सय ९५ पुर्याउन सफल भएको छ भने विगतमा कोभिडको कारण भाका नाघेको कर्जा मध्ये ५७ लाख ७८ हजार ७ सय ९ रुपैयाँ असुली भएको संस्थाले जनाएको छ ।

साथै संस्थाले यस अवधीमा वचत वृद्धि तर्फ उत्कृष्ठ पाँच शाखामा दमौली, विरौटा, आरुघाट, वर्दघाट र सुनवल शाखा, लगानीमा रही रहेको कर्जा वृद्धि तर्फ दमौली, वर्दघाट, रामपुर, सुनवल र वुर्तिवाङ शाखा र भाका नाघेको कर्जा असुली तर्फ उत्कृष्ठ चार शाखामा पातीचौर, भण्डारा, टाँडी र भरतपुर शाखा गरि कुल १४ शाखालाई सम्मान गरेको छ । उत्कृष्ठ शाखाका शाखा प्रवन्धकहरुलाई संस्थाका प्रवन्ध सञ्चालक विश्व प्रकाश प्रसाईले एक समारोहकाविच सम्मान गरेको हो ।

उक्त समारोहमा वोल्दै प्रवन्ध सञ्चालक प्रसाईले विगतका विषम परिस्थितीमा शाखामा कार्यरत कर्मचारीले संयमतापुर्वक गरेको कार्य सम्पादनको खुलेर प्रशंसा गरे । संचालक प्रसाईले विपन्न वर्गलाई चेतना विकास गरी समूहमा संगठित गर्दै आयआर्जनको वाटो देखाउनु पुन्य कार्य भएको भन्दै संस्थाको सेवालाई सहज र सुलभ वनाउदै लैजानुपर्नेमा जोड दिए ।

प्रसाईले हाल कोभिडको तेश्रो लहर आएको भन्दै यसवाट आफू वचेर सदस्यलाई समेत वचाउदै कर्जा कारोवारलाई समेत सुरक्षित राख्ने तर्फ सर्तकता अपनाउनुपर्ने र नेष्डो नेपाल समुदाय र सदस्यप्रति उत्तरदायी भएकाले सदस्यलाई समेत मास्क लगायतका स्वास्थ्य सामाग्रीको व्यवस्था गर्दै आएको बताए ।

साथै उत्कृष्ठ केन्द्रलाई वधाई दिंदै प्रसाईले अर्धवार्षिक अवधीमा उत्कृष्ठ शाखाले वार्षिक समिक्षामा समेत आफ्नो स्थान कायम गर्न सचेत रहन पहल गर्न अनुरोध गर्दै शाखाको गुणस्तर सुधारमा पहल गर्न अन्य शाखाहरुलाई गर्न आह्वान गरेका छन् ।

 

प्रबन्ध संचालक प्रसाईको अध्यक्षतामा समापन भएको उक्त गोष्ठी समारोहको स्वागत वरिष्ठ प्रबन्ध युधिष्ठिर भुषालले गरेका हुन् । साथै सहायक अधिकृत अनिता सोतीको संस्थागत प्रतिज्ञा एवम् एचआर अधिकृत इश्वरी प्रसाद शर्माको सञ्चालनमा उक्त गोष्ठी समारोह सम्पन्न भएको हो ।

उक्त समारोहमा संस्थाका १७ जिल्लामा रहेका ५६ वटा शाखाका प्रवन्धक एवम् केन्द्रिय कार्यालयका कर्मचारी गरी ७१ जनाको सहभागिता रहेको थियो । गोष्ठीमा संस्थाले यस आर्थिक वर्षमा राखेको लक्ष्य र वितेको ६ महिनामा हासिल गरेको उपलव्धीको समिक्षा गरिएको थियो ।

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...