अनि झुम्मिए नेशनल हाइड्रोपावरमा लगानीकर्ता
Monday Feb 14, 2022
वि.सं.२०७८ फागुन २ सोमवार १५:४४
काठमाडौं । ३० फागुनमा नेशनल हाइड्रोको साधरणसभा,लगानीकर्तालाई ५० प्रतिशत लाभांश
नेशनल हाइड्रोपावरले आफ्ना लगानीकर्ताहरुलाई ५० प्रतिशतको हकप्रद दिने भएको छ । कम्पनीले लाभांश र हकप्रद प्रस्ताव सहित साधारणसभा आगामी फागुन ३० गते आह्वान गरेको छ ।
कम्पनीका अनुसार, १९ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ । यस्का अलवा लाभांश वितरणपछि कायम हुने पुँजीमा ५० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव समेत पारित भएको छ । कम्पनीले खुद मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १८ दशमलव ५२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ९७ प्रतिशत नगद लाभांश गरि कुल १९ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । त्यस्तै कम्पनीले लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको ५४ करोड ९१ लाख रुपैयाँ कारोबार भएको छ। कम्पनीको १७।७० रुपैयाँले सेयर मूल्य बढेर अन्तिम करोबार ४३१।७० रुपैयाँमा करोबार भएको छ। कम्पनीको सोमबार १ लाख ७० हजार कित्ता सेयर कारोबार भएको छ।आगामी फागुन ३० गते २५औं वार्षिक साधारणसभा डाकेर लाभांश पारित गर्न साधारणसभा समेत डाकेको हो। त्यस्तै सभामा नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई गाभ्ने प्रस्ताव पनि पेश हुने छ ।

























