सांग्रिला डेभलपमेन्ट बैंकको १०८ औं शाखा चौरजहारी बजारमा
Monday Feb 14, 2022
वि.सं.२०७८ फागुन २ सोमवार २०:२३
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै चौरजहारी नगरपालिका वडा नं. २, रुकुम (पश्चिम) मा शाखा संचालनमा ल्याएको छ । बैंकले सोमवार सो शाखा संचालनमा ल्याएको हो ।
चौरजहारी शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०८ पुगेको छ र आजको यस शाखाको उद्घाटन चौरजहारी नगरपालिकाका नगर प्रमुख श्री विशाल शर्माज्यूबाट गराइएको जानकारी गराउन चाहन्छु ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।
बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।

























