CG Electronics
IME Life
NIMB

यी तीन जना मध्ये कसलाई सरकारले धितोपत्र बोर्डकोको अध्यक्ष नियुक्त गर्दैछ ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड अध्यक्ष बोर्ड अध्यक्ष छनोट समितिले अध्यक्ष का लागि उत्कृष्ट ५ बाट अन्तिम ३ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस गरिएकामा गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र रमेशकुमार हमाल छन् । अब मन्त्रिपरिषद्को बैठकले यिनै तीन जनामध्येबाट एक जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

यसअघि छनोट भएका ५ जनामध्येबाट निरज गिरी र खगेन्द्र कटुवाल समितिको सिफारिसमा परेनन् । बोर्ड अध्यक्षका लागि १५ जनाले आवेदन दिएका थिए । तीमध्येबाट बोर्डले अन्तिम ३ जनाको नाम टुंगो लगाएको हो ।

सत्ता गठबन्धन बीच भएको अनौपचारिक सहमति अनुसार बोर्ड अध्यक्षमा कांग्रेस निकट व्यक्ति छनोट हुनेछन् । यसअघि नेप्सेको सीईओमा माओवादी निकट कृष्णबहादुर कार्की नियुक्त भएकाले बोर्ड कांग्रेसको भागमा परेको जनाइएको छ । स्रोतका अनुसार बोर्ड अध्यक्षमा हमालको सम्भावना बढी रहेको बताइएको छ ।

बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर परिवारको नाममा खरिद गरेपछि विवादित तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो ।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...