CG Electronics
IME Life
NIMB

कोका – कोला मोमोत्सव : कोक प्लस म:म, स्वादको रियल म्याजिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । ६ वर्षसम्मको लगातारको सफलता पछि कोका–कोलाले यो वर्ष पनि मोःमोत्सवको सातौँ संस्करणको शुरुवात गरेको छ ।
कोका–कोला मो : मोत्सव विश्वव्यापी कोक र खाजाको परम्पराको नेपाली संस्करण हो जसमा नेपालीहरुको प्रिय खाजा मःम र प्रिय पेय पदार्थ कोकको स्वादलाई सेलेब्रेट गरिन्छ ।

यो क्याम्पेनको लागि कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरहरुसँग सहकार्य गर्दै आफ्ना उपभोक्ताहरुलाई कम्बो अफर र विशेष छुट प्रदान गर्दै आएको छ । कोका–कोला मोःमोत्सव क्याम्पेन हरेक अंग्रेजी वर्षको शुरुवातमा आयोजना गरिन्छ र यो वर्ष फेब्रुअरी १४ बाट अप्रिल ५ सम्म यो क्याम्पेन हुँदैछ ।

क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डिरेक्टर श्री आदर्श अवस्थीज्युले भन्नुभयो, “विश्वव्यापी रुपमा हामीले सन्चालन गरिरहेको कोक एन्ड मील्सको अवधारणालाई नेपालमा स्थानीयकरण गर्न हामीले ७ वर्षअघि कोका–कोला मोःमोत्सव शुरु गरेका थियौँ । सातौँ वर्षसम्म आइपुग्नको लागि हाम्रो उपभोक्ताहरुले दिनुभएको माया र साथको लागि हामी आभारी छौँ । यो क्याम्पेन भरि हामीले कोक र नेपालीहरुको मन पर्ने खाजा मःमसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नेछौँ ।

यो क्याम्पेनको ट्यागलाइन “कोक प्लस मःम, स्वादको रियल म्याजिक” रहेको छ जसले कोक र मःम खाने उपभोक्ताहरुले स्वादको रियल म्याजिक पाउन सक्नुहुनेछ भन्ने सन्देश दिन्छ ।

त्यस्तै बोटलर्स नेपालका प्रबन्ध निर्देशक श्री प्रदीप पाण्डेज्युले भन्नुभयो, “हामी कोका–कोला र नेपालीहरुको सबैभन्दा मन पर्ने खाजा मःमको संयोजनको बेजोड स्वादलाई सेलेब्रेट गर्न शुरु गरिएको कोका–कोला मोःमोत्सव क्याम्पेनको सातौँ संस्करण मनाउँदै छौँ । यस वर्षको स्लोगन “कोक प्लस मःम, स्वादको रियल म्याजिक” ले भनेजस्तै कोक र मःमको बेजोड स्वादसँगै हामी हाम्रा उपभोक्ताहरुसँग अझै नजिक हुने आशा गर्दछौँ ।

यो अभियानमा कोका–कोलाका ब्रान्ड एम्बेसडर तथा अभिनेत्री प्रियंका कार्की र स्वस्तिमा खड्का काठमाडौंका विभिन्न रेष्टुरेन्टहरूमा जाने कार्यक्रम रहेको छ जसले गर्दा कोक र मःम खाने उपभोक्ताहरुले प्रियंका र स्वस्तिमालाई भेट्ने तथा उनीहरुसँग फोटो खिच्ने मौका पाउन सक्नेछन् ।

मोःमोत्सव अभियान र विभिन्न आउटलेटहरूमा हुने कार्यक्रमहरूको बारेमा अपडेट रहनको लागि, तपाईंले आधिकारिक कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेज २अयअबअयबिलभउब िलाई लाइक र फलो गर्न सक्नुहुन्छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...