CG Electronics
IME Life
NIMB

सञ्चालनमा आयो ई–कमर्श ब्राण्ड हब ‘भेषभूषा’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरु पाइने इ–कमर्स ब्राण्ड हब ‘भेषभूषा डटकम’ सञ्चालनमा आएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच महानायक राजेश हमालले ‘भेषभूषा डटकम’को उद्घाटन गर्नुभएको हो । स्वदेशी तथा विदेशी प्रख्यात ब्राण्डका सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धीत सामान बिक्री गर्ने लक्ष्यसहित भेषभूषा सञ्चालनमा आएको कम्पनिले जनाएको छ ।

दिपक पाण्डे अध्यक्ष रहेको कम्पनीले सोमबार मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठ, आर्थिक पत्रकार समाजका अध्यक्ष जनार्दन बराल लगायतको उपस्थितिमा सो अनलाइन प्लेटफर्म सार्वजनिक गरिएको हो ।

कम्पनीका अध्यक्ष पाण्डेले तत्कालका लागि काठमाडौं उपत्यकामा मात्रै सेवा उपलब्ध भए पनि ४ महिनाभित्र देशका प्रमुख ७ शहरमा सेवा उपलब्ध गराइने बताउनु भयो । त्यस्तै केही वर्षभित्र विदेशमा पनि नेपाली सामान अनलाइन प्लेटफर्म मार्फत पु¥याइने उहाँको दाबि छ । विदेशी ब्राण्ड नेपालीलाई उपलब्ध गराउने मात्रै होइन स्वदेशी ब्राण्ड विदेशमा पनि पु¥याउने भेषभूषाको लक्ष्य रहेको छ ।

नविनतम् शैली र सेवाहरु मार्फत ग्राहकहरुको सोच, आवश्यकता र चाहनाअनुरुप खरिद, बिक्री र परामर्शको एकीकृत संञ्जालमार्फत गुणस्तरीय सामानहरुलाई उत्कृष्ट बिक्री माध्यम तथा विश्व स्तरीय अत्याधुनिक सेवा प्रणाली मार्फत् उपभोक्ताहरूसँग जोडिने भेषभूषाका प्रबन्ध निर्देशक अनिल बन्जराले बताउनु भयो ।

देशैभरि सौन्दर्य तालिम तथा प्रतियोगिता, पहिरनसँग जोडिएर आउने सिप र व्यक्तित्व निखारताको परामर्श सेवा सँग–सँगै अन्य थुप्रै रचनात्मक प्रयासहरु सहित देशैभरि आफ्नो सेवा क्षेत्र बिस्तार गर्दै सौन्दर्य, फेशन र जीवन शैलीका नयाँ–नयाँ ज्ञान र विकसित नविनतम् शैलीहरु बारे सचेत तुल्याउँदै आम उपभोक्ताहरुको जीवन थप सभ्य र भब्य बनाउन सहयोग पु¥याउँदै अगाडि बढ्ने कम्पनिले प्रेषित गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भेषभूषा डटकमकी प्रमुख कार्यकारी अधिकृत९सीईओ० तृष्णा आचार्यका अनुसार विश्व प्रख्यात ब्राण्डहरुको नेपालमा पहिलो डिजिटल प्लेटफर्मको सुरुवात भएको हो । भेषभूषा डटकमको अनलाइन र अफलाइन सेवा संयन्त्र मार्फत खरिद, परामर्श र अन्तरक्रियाको काम पनि हुने सीईओ आचार्यले बताउनुभयो ।

हुलास वेलनेस, केटीएम क्वीन्स, गोल्ड स्टार, इमेज लगायतका नेपाली १६ वटा र अन्तर्राष्ट्रिय एडिडास, लिभाइज, रिवोक, पिक लगायतका १८ वटा ब्राण्ड गरी सुरुवातमा ३४ वटा ब्राण्डका सामान बिक्री गर्ने जनाइएको छ । जहाँ २१ प्रकारका फेसन सम्वन्धी, ४ प्रकारका लाइफस्टाइल सम्वन्धी र ९ वटा ब्राण्ड ब्युटीसँग सम्वन्धित रहेका छन् ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...