नबिल बैंकका ग्राहक र कर्मचारीलाई हेल्थ केयरको बिभिन्न सेवा तथा सुविधाहरुमा छुट
Tuesday Feb 15, 2022
वि.सं.२०७८ फागुन ३ मंगलवार २३:०७
काठमाडौं । नबिल बैंकले सोवा हेल्थ केयरसँग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालका बिभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रधान गर्ने साझेदारी गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरुले यस साझेदारीको लाभ उठाउन सक्नेछन् ।
सोवा हेल्थकेयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवाहरू भएको नयाँ उन्नत पोलिक्लिनिक हो जसले चिकित्सा र टेलिमेडिसिन सेवाहरूमा सजिलो पहुँच प्रदान गर्दछ ।
यस कोभिड समयमा सोवा हेल्थकेयरले घरमै नमूना सङ्कलन, खोप, अनलाइन चिकित्सक परामर्श, औषधि वितरण र उबर स्वास्थ्य सेवा ९पिक एन्ड ड्रप० जस्ता सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १८७ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्टमार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।
























