सांग्रिला डेभलपमेन्ट बैंकको १०९ औं शाखा गढवामा
Monday Feb 21, 2022
वि.सं.२०७८ फागुन ९ सोमवार १९:२०
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गढवा गाउँपालिका वडा नं। ६, दाङ्गमा शाखा संचालनमा ल्याएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमम उक्त शाखा संचालनमा ल्याएको जनाएको छ ।
बैंकले सोमबार सो शाखा संचालनमा ल्याएको हो । गढवा शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।
यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०९ पुगेको छ ।




























