नेपाल बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत
Tuesday Feb 22, 2022
वि.सं.२०७८ फागुन १० मंगलवार २०:२४
काठमाडौं । नेपाल बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज९नेप्से० मा सूचिकृत भएको छ । नेपाल बैंकको १ करोड ७६ लाख ९१ हजार ४६२।०७ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
बैंकको पौष २ गतेका दिन सम्पन्न भएको ६२ औं वार्षिक साधारण सभाले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
बैंकले शेयर अभौतिकीकरण गरिसकेका शेयरधनीहरुको डिम्याट खातामा १४ प्रतिशतका दरले हुन आउने बोनस शेयर जम्मा हुने र भौतिक रुपमा कायम शेयरधनीहरुले शेयर अभौतिकीकरण गराए पश्चात् मात्र बोनस शेयर खातामा जम्मा हुने जनाएको छ ।




























