CG Electronics
IME Life
NIMB

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३५ औं वर्षमा प्रवेश

NIMB
Himalayan Bank

 

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३५ औं वर्षमा प्रवेश गरेको छ । आम जनतालाई विश्वस्तरीय बीमा सेवा दिने उद्देश्यले संस्थापित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजको दिनसम्म आईपुग्दा देशको तेस्रो ठूलो कम्पनीको रुपमा आम जनतालाई सरल र सर्वसुलभ रुपमा बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

राजपरिवारका सदस्य समेतका लगानीमा सुरु भएको कम्पनीमा आज संस्थापक लगानीकर्ताको ६५ प्रतिशत र सर्वसाधारण समुहको ३५ प्रतिशतले शेयर लगानी रहेको छ । कूल तीन अर्ब ३९ करोड आठ लाख ८९ हजार २०३ रुपैयाँ चुक्ता पुँजि रहेको कम्पनीमा २.१५ प्रतिशत विदेशी साझेदार, १० प्रतिशत राष्ट्रिय बाणिज्य बैंक तथा बाँकी ३५ प्रतिशत सर्वसाधारण तथा ५२.८५ संस्थापक शेयरमा नेपाली उद्यमीहरुको लगानी रहेको छ ।

प्रविधिको सहायताबाट सरल र सर्वसुलभ बीमा सेवा प्रवाह गर्न प्रतिबद्ध रहँदै आएको नेशनल लाइफले जीवन बीमा कोषमा ४७ अर्ब २१ करोड १२ लाख ३५ हजार ७१७ रुपैयाँ संचिती गर्न सफल भएको छ । जगेडा कोष र महाविपत्ति कोष सहित करिब आधा खर्बको कोष बनाएर अघि बढेको नेशनल लाइफ जीवन बीमाको दीगो विकासमा जोड दिँदै आएको छ । ६४ देखि ८५ रुपैयाँ घोषित बोनस दर रहेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी नेपालकै सर्वाधिक बोनस दिने कम्पनी हो ।

बीमितलाई अधिकतम लाभ, लगानीकर्ताहरुलाई समुचित प्रतिफल तथा आम सर्वसाधारणलाई सरल बीमा सेवा प्रवाह गर्दै आएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशका १०१ वटा शाखा र उपशाखा कार्यालयमार्फत बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । देशैभरि फैलिएका एक लाख भन्दा बढि बीमा अभिकर्ता, हजारौं एजेन्सी म्यानेजर तथा सिनियर एजेन्सीहरुमार्फत आम जनतामा बीमा सचेतना फैलाउँदै आएको कम्पनीले पछिल्लो समय बीमा व्यवसायमा दरिलो उपस्थिति दर्शाउदै अघि बढिरहेको छ ।

आम जनताको माँझमा जीवन बीमाको व्यवसायिक अभ्यास, प्रविधिमैत्री, पारदर्शीता, विश्वसनीयता र इमान्दारितालाई मुख्य मार्गदर्शक सिद्धान्तको रुपमा अंगालेको कम्पनीले सबैलाई आर्थिक स्वतन्त्रता प्रदान गर्ने, आम जनताको जीवनमा आईपर्ने जोखिमलाई बहव गर्ने सिद्धान्तबाट अभिप्रेरित नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आगामी दिनमा पनि जीवन बीमा अझै सरल, सहज र प्रविधिमैत्री तथा अत्याधुनिक बनाएर अघि बढ्ने प्रतिबद्धता कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले व्यक्त गरेका छन् ।

बार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा ३५ वर्षअघि देखि योगदान गर्ने सबै पूर्व सिईओ तथा अध्यक्षहरु, कर्मचारीहरु, बीमा गर्ने बीमितहरु तथा बीमा अभिकर्ता र नियामक निकायलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले कम्पनीप्रति आम जनताले जनाएको विश्वास, कर्मचारीहरुको इमान्दार प्रयत्न र अभिकर्ताहरुको सार्थक मेहनत र नियामक निकायको सकारात्मक सोचसहितको निर्देशनहरुले कम्पनीले आजको अवस्थामा आईपुगेर आम जनतालाई सेवा प्रवाह गर्न सफल भएको बताउँदै आगामी दिनमा पनि गुणस्तरीय बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै सिईओ खत्रीले बीमितले पाउने लाभ, लगानीकर्ताहरुले पाउने प्रतिफल नघट्ने गरी काम गर्ने र कम्पनीको विश्वसनीयतामाथि आँच आउन नदिई अझै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

३५ औं वर्षमा प्रवेश गरेको अवसरमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले देशैभरिका ५० वटा भन्दा बढि बृद्धाश्रमहरुमा खाना खुवाउने कार्यक्रम राखेको छ । आज विहान देशैभरिका शाखा कार्यालयहरुले नजिकको बृद्धाश्रममा पुगेर खाना खुवाएको छ । नेशनल लाइफले आजै केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको समेत आयोजना गर्नेछ ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...