एनएमबी बैंकले ल्यायो नौलो बचत योजना
Tuesday Feb 22, 2022
वि.सं.२०७८ फागुन १० मंगलवार २२:०८
काठमाडौँ । एनएमबी बैंकले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता ‘यू–वाह्, डीजी सेभिङ’ योजना संचालनमा ल्याएको छ । १८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली ९युवा० नागरिकले यो खाता खोल्न सक्नेछन् ।
एनएमबी बैंकले यो खाता अन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्ने जनाएको छ । साथै मेरो सेयर, डिम्याट र आस्वा निस्शुल्क उपलब्ध गराउने जनाएको छ । त्यसैगरी यस योजना अन्तर्गत बैंकले ओम्नी च्यानल बैंकिङ्ग, क्रेडिट कार्ड र डलर कार्ड ९साथै डलर टप–अप० मा निस्शुल्क सुविधा सहित डिजिटल कारोबारमा निस्शुल्क अन्तर बैंक फण्ड ट्रान्सफर ९एबीबीएस० र वार्षिक १ हजार २०० सम्मको क्यास ब्याक योजना जस्ता आकर्षक सुविधा दिइने बताइएको छ ।
यसका अतिरिक्त, बैंकले उच्च शिक्षामा जान चाहने विद्यार्थीहरूलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट पनि उपलब्ध गराउने जनाएको छ । बैंकले हाल देशभर २०१ शाखा, १३९ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।




























