CG Electronics
IME Life
NIMB

राष्ट्र बैंकले पुराना नोटबाट ब्रिकेट बनाउँदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । राष्ट्र बैंकले पुराना नोटबाट ब्रिकेट बनाउन थालेको छ ।   राष्ट्र बैंकले शुक्रबाटबाट पुराना नोट धुजाधुजा बनाएर ब्रिकेट बनाउन थालिसकेको छ ।

नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को औपचारिक उद्घाटन गभर्नर महाप्रसाद अधिकारीले गरेका छन् । यो मेसिन राष्ट्र बैंकको विराटनगर कार्यालयमा राखिएको छ । पछि थापाथलीस्थित बैंकको निर्माणाधीन भवनसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा उक्त प्रणाली जडान गरी सञ्चालनमा ल्याउने बैंकको योजना केन्द्रीय बैंकले जनाएको छ ।

पहिला राष्ट्र बैंकले पुराना नोट संकलन गरी आगो लगाइ जलाइदिन्थ्यो । अब भने पुराना नोटबाट व्रिगेट बन्दैछन् । ‘चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा बीएसबीएस मेसिनको प्रयोगमार्पmत स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने उद्देश्यले उक्त प्रणाली अवलम्बन गरिएको’ नेपाल राष्ट्र बैंकको भनाई छ । यस्तो ब्रिकेट ईंटाभट्टा, कागज कारखाना, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजनमा समेत उपयोगी हुने विश्वास लिइएको छ ।

बीएसबीएस मेसिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्र्याएर ब्रिकेट तयार गर्दछ ।

उक्त मेसिनमा दुई वटा खण्ड रहन्छन् । पहिलो खण्डले नोटलाई टुक्र्याउने कार्य गर्छ भने दोस्रो खण्डले टुक्र्याइएको नोटबाट ब्रिकेट तयार गर्छ । उक्त मेसिनमा एक पटकमा २०० केजीसम्म बैंक नोट राख्न सकिन्छ र मेसिनले प्रतिघण्टा १०० केजी नोटलाई टुक्र्याउने क्षमता राख्छ ।

यस्तो टुक्राको औसत आकार ६८६ मि.मि. हुनेछ । यसरी टुक्र्याइएको नोटलाई प्रतिघण्टा २०० केजीको दरले प्रशोधन गरी ब्रिकेट तयार गर्न सकिन्छ । बीएसबीएस मेसिनलाई प्रतिवर्ष एक हजार घण्टासम्म सञ्चालन गर्न सकिनेछ ।

यी मेसिनहरू नेदरल्याण्डबाट आयात गरिएको हो । बीएसबीएसमार्फत नोट धुल्याउने पद्धतिलाई नीतिगत रूपमा व्यवस्थित गर्ने गरी नोट धुल्याउने सम्बन्धी प्रचलित नियमावलीमा आवश्यक संशोधन गर्ने प्रक्रियासमेत अघि बढाइएको छ । यसरी सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम ९बीएसबीएस० वातावरणीय दृष्टिले समेत उपयोगी हुने अपेक्षा राखिएको छ ।

बीएसबीएस मेसिनको ‘स्वीच अन’ गरेपछि गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा बीएसबीसको सुरुआत एउटा महत्वपूर्ण उपलब्धि रहेको बताए ।

बीएसबीएसमार्पmत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको जानकारी उनले दिए । साथै बीएसबीएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी समेत गभर्नर अधिकारीले दिए ।

कार्यक्रममा मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले अयोग्य नोट धुल्याउन बैंकले अवलम्बन गरेको नीतिगत व्यवस्थाबारे चर्चा गर्दै बीएसबीएसको सञ्चालन प्रक्रियाबारे जानकारी दिए । सो अवसरमा कोष तथा लेखा नियन्त्रकको कार्यालय, मोरङका प्रमुख परशुराम नेपालले बीएसबीएसको प्रयोगले नोट धुल्याउने पद्धतिलाई आधुनिक बनाएको बताए । नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका निर्देशक मीना पाण्डेको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...