CG Electronics
IME Life
NIMB

नबिल बैंकले तानसेन नगरपालिका, रिव्दीकोट तथा तिनाउ गाउँपालिका बीच सहकार्य

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । उद्यमशीलता विकासको लागि नबिल बैंकले पाल्पाको तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिकाबीच सम्झौता गरेको छ ।

बैंकले उद्यमशीलता विकाससँगसँगैं दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा पाल्पाको तीन पालिकासँग सम्झौता गरेको हो ।

पाल्पा जिल्लाको तानसेनमा गरिएको सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्येकारी अधिकृत सुजित कुमार शाक्य र पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसि र तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी तथा नविल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उदेश्यका साथ नबिल बैंकले लिएको दिगो बैकिङको पहलमा यो सम्झौता कोशेढुंगा सावित हुने साथै यसले स्थानीय स्तरमा उद्यमशीलता विकास गर्दै आर्थिक रुपान्तरणमा सहयोग गर्ने बताए

कार्यक्रममा नबिल बैंकका नायव प्रमुख कार्येकारी अधिकृत सुजित कुमार शाक्यले तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिकाकाबाट उपस्थित विभिन्न उद्यमीहरुलाई कर्जा स्वीकृती पत्र समेत हस्तान्तरण गरे ।

नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो ।

 

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...