आइएमई होस्टेमा हैंसे अफर सार्वजनिक दैनिक, साप्ताहिक र बम्पर उपहारको व्यवस्था
Monday Feb 28, 2022
वि.सं.२०७८ फागुन १६ सोमवार २०:५७
काठमाडौं । आइएमईले बैंक डिपोजिटलाई लक्षित गरी होस्टेमा हैंसे अफर सार्वजनिक गरेको छ । सेवाग्राहीमुखी उक्त अफर फागुन १७ देखि चैत्र १७ (एक महिनासम्म) लागु रहनेछ ।
अफर अन्तर्गत नेपालभरी जुनसुकै बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आइएमई पे वालेट खातामा सिधै रकम पठाउँदा हरेक दिन पाँच जनालाई १ हजार, हरेक हप्ता दुई जनालाई २५ हजार तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई १ लाख ५० हजार रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।
अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्तहरू अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ कम्पनीले जनाएको छ ।
कम्पनीको अनुसार विदेशबाट नेपाल र नेपालभित्र बैंक डिपोजिट गर्ने सबै आइएमई ग्राहकहरू यस अफरमा सहभागी हुन योग्य हुनेछन् । सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ ।

























