CG Electronics
IME Life
Ncell NPL

पहिलो पटक जापानिज भाषा परीक्षा अनलाईनबाट

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौ । मोग सर्भिस प्राइभेट लिमिटेड नेपालले नेपालमै पहिलो पटक जापानिज भाषा परीक्षा अनलाईनबाट दिन पाउने व्यवस्था गर्न लागेको छ।

अहिलेसम्म सबै जापानीज भाषा परीक्षा कागजको प्रयोग गरेर लिने गरिएकोमा अबदेखि अनलाईनबाटै परीक्षा दिन पाउने भएको छ।

साथै परीक्षाको नतीजा पनि तुरुन्तै थाहा पाउन सकिने मोग सर्भिसका सीईओ ओमहरि प्रजापतिले बताउनुभयो। अहिले जापानिज भाषा परिक्षा धेरैवटा संचालनमा छन्। तर सबै परीक्षा कागजमा लिइन्छ र नतिजा थाहा पाउन लामो समय कुर्नुपर्छ।

विद्यार्थी तथा अन्य सेवाग्राहीलाई सजिलो र छिटो छरितो होस् भनेर मोग सर्भिस प्रालिले जापानको एन एस जी ग्रुपद्वारा संचालित सर्टीफाई इन्कसँगको सहकार्यमा प्राक्टिकल जापानिज कम्युनिकेसन (पीजेसी ब्रिज) परीक्षा सुरु गर्न लागेको हो। अब परीक्षार्थीले परीक्षा सकिने बित्तिकै आफ्नो नतीजा थाहा पाउन सक्नेछन भने दस दिन जतिमै प्रमाणपत्र पाउनेछन्।

जापानको अध्यागमन विभागले मान्यता दिएको यो परिक्षा प्रणालीमा परीक्षार्थीले प्रत्येक हप्ता परिक्षा दिन पाउनेछन। यसले जापानिज भाषा परिक्षामा प्रयोग हुने ल्छ देखि ल्घ लेभल सम्मको जाँच एकैपटकमा गर्न सक्ने मोग सर्भिस प्राइभेट लिमिटेड नेपालले जनाएको छ ।

सन् १९७६ मा स्थापना भएको एनएसजी ग्रुपले परीक्षा संचालन गर्ने सर्टीफाई इन्क सहित तीनवटा विस्वविद्यालय र तीसवटा कलेज संचालन गरेको छ। सर्टीफाई इन्कले १९८३ देखि अहिलेसम्म तीस लाख परिक्षा संचालन गरिसकेको इन्कका डाइरेक्टर मासाको किमुराले बताउनुभयो।

पीजेसी परिक्षा सन् २०१३ बाट सुरु गरेको सर्टीफाई इन्कले २०१५ बाट पीजेसी ब्रिज परिक्षासंचालन गर्न सुरु गरेको हो। हाल सातवटा विभिन्न क्षेत्रमा २७ वटा विषयको परिक्षा लिदै आएको छ।

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको शपथ, नयाँ कार्यसमितिले पनि गर्यो सपथ ग्रहण

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित...