CG Electronics
IME Life
NIMB

जेठबाट सोमबारदेखि शुक्रबारसम्म सेयर बजार खुल्ने

NIMB
Himalayan Bank

 

काठमाडौं ।आगामी जेठबाट साप्ताहिक बिदा दुई दिन हुने भए पनि सेयर बजार भने अहिले जस्तै साताको पाँच दिन नै खुला हुने भएको छ। नेप्सेले जेठबाट सोमबारदेखि शुक्रबारसम्म धितोपत्र कारोबार संचालन गर्ने तयारी भएको जनाएको छ।

नेपालको धितोपत्र बजार सं‌चालक नेप्सेले आइतबार एक सूचना जारी गर्दै साताको पाँच दिन कारोबार खुलाउने जानकारी दिएको हो।
सरकारले जेठदेखि शनिबार र आइतबार गरी सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो । सो निर्णयका बाबजुद नेप्सेले भने धितोपत्र कारोबार पाँचै दिन खुलाउने जनाएको छ।

हाल पुँजीबजार सातामा शुक्रबार र शनिबारबाहेक पाँच दिन सञ्चालन हुन्छ। सार्वजनिक बिदा अवधि बढाउँदा सेयर बजार पनि समायोजनमा जानुपर्ने हुन्छ। यसो गर्दा सेयर कारोबार सातामा जम्मा तीन दिन हुन जान्छ। उक्त समस्याको निचोडमा नेप्सेले सोमबारदेखि शुक्रबारसम्म कारोबार संचालन गर्ने भएको हो ।

नेप्सेको बैशाख २१ गते बसेको नेप्सेको संचालक समितिको बैठकले सो निर्णय लिएको हो।

नेप्सेकाे सूचनामा भनिएकाे छ, “नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७९ बैशाख २३ मा बसेको बैठकले २०७९ जेठ १ गते देखि लागु हुने गरी बिहान ९:३० बजे देखि साँझ ५:३० बजे सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हुदाँ सोहि अनुरुप सोमबार देखि शुक्रबार सम्म धितोपत्रको कारोबार गर्ने नेप्से सञ्चालक समितिको मिति २०७९/०१/२१ गतेको निर्णयानुसार जानकारीका लागि अनुरोध छ ।”

‘एनसेल १२थ पास : द ग्लिच’ को पहिलो ब्याच सफलतापूर्वक सम्पन्न

‘एनसेल १२थ पास : द ग्लिच’ को...

वि.सं.२०८३ असार १६ मंगलवार ०९:२८

  काठमाडौं, असार २०८३ – ग्लोकलद्वारा प्रस्तुत तथा इम्बार्क कलेजद्वारा...

फेसियल हाउसको १२औँ शाखा सितापाइलामा उद्घाटन, गुणस्तरीय सौन्दर्य सेवा थप सहज हुने

फेसियल हाउसको १२औँ शाखा सितापाइलामा उद्घाटन, गुणस्तरीय...

वि.सं.२०८३ असार १६ मंगलवार ०९:१८

  काठमाडौं । नेपालकै अग्रणी सौन्दर्य सेवा प्रदायक संस्था फेसियल...

८१०० एमएएच ब्याट्री सहितको भिभो वाई५०० सार्वजनिक

८१०० एमएएच ब्याट्री सहितको भिभो वाई५०० सार्वजनिक

वि.सं.२०८३ असार १६ मंगलवार ००:२४

  काठमाडौं, असार १५, २०८३ – भिभोले आज नेपाली बजारमा...

टोखा रोडमा नयाँ शोरूमसँगै काठमाडौंमा कजारिया रमेश टायल्सको बजार विस्तार

टोखा रोडमा नयाँ शोरूमसँगै काठमाडौंमा कजारिया रमेश...

वि.सं.२०८३ असार १६ मंगलवार ००:१२

  काठमाडौं, नेपाल – २०८३, असार १४ – कजारिया रमेश...

नेपाल एसबिआई बैंकको ३३औँ वार्षिकोत्सवमा ‘एनएसबिएल कप फुटसल प्रतियोगिता–२०८३’ सम्पन्न

नेपाल एसबिआई बैंकको ३३औँ वार्षिकोत्सवमा ‘एनएसबिएल कप...

वि.सं.२०८३ असार १५ सोमवार २३:५७

  काठमाडौं, असार १५ – नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो...

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन नेपाल’ अभियान संयुक्त रूपमा अगाडि बढाइने

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन...

वि.सं.२०८३ असार १५ सोमवार २३:४९

  काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित...