NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३० शनिवार

skip this leapmotornepal (citroen)

टोखा रोडमा नयाँ शोरूमसँगै काठमाडौंमा कजारिया रमेश टायल्सको बजार विस्तार

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं, नेपाल – २०८३, असार १४ – कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको टोखा रोडमा एक विशेष शोरूम सञ्चालनमा ल्याई उपत्यकामा आफ्नो रिटेल सञ्जाललाई थप विस्तार गरेको छ । जगदम्बा इन्टरनेसनलसँगको सहकार्यमा व्यवस्थापन गरिएको यस नयाँ शोरूमले स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई लक्षित गर्दै विश्वस्तरीय ब्राण्डका फ्लोर र वाल टायलहरूको विस्तृत दायरा सिधै स्थानीय समुदायसम्म पु¥याउने उद्देश्य राखेको छ ।

यस शोरूमको औपचारिक उद्घाटन हिजो, असार १३ गते शनिबार बिहान ११ः०० बजे सम्पन्न भएको हो । उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक श्री हिमांशु अग्रवाल र मिस कस्मो नेपाल २०२५ दीपशिखा नेपाल प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो । कजारिया रमेश टायल्स लिमिटेडका अन्य वरिष्ठ प्रतिनिधिहरू तथा जगदम्बा इन्टरनेसनलको व्यवस्थापन टोलीको उपस्थितिमा शोरूमको औपचारिक उद्घाटन गरी स्थानीय बासिन्दाहरूलाई नयाँ शोरूम अवलोकनका लागि स्वागत गरिएको थियोे ।

आधुनिक र ग्राहक–मैत्री ढाँचामा व्यवस्थित गरिएको यस शोरूमलाई ग्राहकहरूले सहज र उत्कृष्ट सपिङको अनुभव लिन सक्ने गरी डिजाइन गरिएको छ । यहाँ आउने ग्राहकहरूले विभिन्न टायल्सका डिजाइनहरू प्रत्यक्ष स्पर्श गरी हेर्न, महसुस गर्न र परिकल्पना गर्न सक्नेछन् । यसले गर्दा ग्राहकहरूलाई आफ्ना व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि विभिन्न टेक्सचर, प्याटर्न र साइजहरू प्रत्यक्ष रूपमा हेरेर आफ्नो रोजाइ अनुरूपको उत्कृष्ट टायल छनोट गर्न सजिलो हुनेछ ।

उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक श्री हिमांशु अग्रवालले भन्नुभयो, “जगदम्बा इन्टरनेसनलसँगको हाम्रो यो सहकार्य टोखा रोड र यस आसपासका तीव्र रूपमा विकास भइरहेका क्षेत्रहरूमा सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक होे । हाम्रा विश्वस्तरीय कलेक्सनहरू स्थानीय बासिन्दाहरूको पायक पर्ने स्थानमा ल्याएर हामी उहाँहरूको घर निर्माण र मर्मतसम्भारको यात्रालाई सहज बनाउन चाहन्छौं, जसले गर्दा उहाँहरूले आफ्नो ठाउँलाई उत्कृष्ट बनाउन भरपर्दो गुणस्तर र आधुनिक डिजाइनहरू प्राप्त गर्न सक्नुहुनेछ ।”

यो शोरूम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला भइसकेको छ । टोखा रोड र वरपरका क्षेत्रका बासिन्दाहरूलाई यहाँ आमन्त्रण गर्दै नयाँ र प्रिमियम कलेक्सनहरू अवलोकन गर्न अनुरोध गरिएको छ ।

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधि र विश्वस्तरीय मापदण्ड अनुरूप देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालको टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । कम्पनीको बजार नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय उपलब्धिहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्राण्ड २०२५ को उपाधि, ’एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादकमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् । गुणस्तर र दिगोपनाप्रतिको यसको प्रतिबद्धता क्ष्क्इ ९००१ः२०१५ र क्ष्क्इ १४००१ः२०१५ प्रमाणीकरण, इन्डियन ग्रीन बिल्डिङ काउन्सिल (क्ष्न्द्यऋ) को सदस्यता र प्रतिष्ठित ल्क् त्तगबष्तिथ ब्धबचम २०२६ मार्फत स्पष्ट हुन्छ, जसले यसलाई एक विश्वसनीय उद्योग नेतृत्वकर्ताको रूपमा स्थापित गरेको छ ।

३,००० भन्दा बढी आधुनिक डिजाइन विकल्पहरूसहित यस ब्रान्डले दीर्घकालीन टिकाउपन र उत्कृष्ट कार्यसम्पादनयुक्त उत्पादनहरू मार्फत आन्तरिक स्थानहरूलाई निरन्तर रूपान्तरण गर्दै आएको छ । हाल कजारियाको नेपालभर १०० + शोरुमहरूको सशक्त देशव्यापी उपस्थिति रहेको छ । यसको विविध उत्पादन पोर्टफोलियोमा ग्लेज्ड भिट्रिफाइड टायल्स (६०ह१२० से.मी., ६०ह६० से.मी., ४०ह४० से.मी. (८ मि.मी.), र १९.५ह१२० से.मी.), सेरामिक वाल टायल्स (३०ह६० से.मी. र ३०ह४५ से.मी. एचडी पोलिस्ड), र हेभी ड्युटी भिट्रिफाइड टायल्स (४०ह४० से.मी., १२ मि.मी.) समावेश छन् जुन उनीहरूको असाधारण मजबुती तथा पानी र दाग प्रतिरोधी क्षमताका लागि अत्यधिक प्रसिद्ध छन् ।

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८ फाइनलिस्टसँग निर्वाण चौधरीको भेट

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८...

वि.सं.२०८३ साउन ३० शनिवार ११:०२

  काठमाडौं ।  क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल सिजन–५ का...

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए ईभी प्रविधिको प्रत्यक्ष अनुभव

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१६

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै दक्ष...

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१३

  काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन गरिएको एकमहिने ‘सफा...

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र...

वि.सं.२०८३ साउन ३० शनिवार ००:०४

  काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गण्डकी...