CG Electronics
IME Life
NIMB

छिमेक लघुवित्तको खुद नाफा -२३ करोड ८८ लाख घट्यो, कस्तो कम्पनीको बित्तिय अबस्था ?

NIMB
Himalayan Bank

छिमेक लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट आएको छ । लघुवित्तले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ७१ करोड ७१ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको सोही अवधिको तुलनामा २४.९९ प्रतिशत (२३ करोड ८८ लाख रुपैयाँ) कम हो । लघुवित्तले गत वर्षको चैतसम्म ९५ करोड ५९ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी बढे पनि संचालन नाफा र इम्पेयरमेन्ट चार्ज बढ्दा खुद नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १५.११ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा पनि १९.५१ प्रतिशतले घटेर १ अर्ब १२ करोड रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा लघुवित्तले २५ अर्ब ७९ करोड निक्षेप संकलन र ५ अर्ब ४५ करोड सापटी लिइ कुल ३२ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ । हाल २ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २ अर्ब ४० लाख र रिटेन अर्निङमा १ अर्ब २४ करोड रुपैयाँ संचित छ ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४१.१४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४१.६८, खराब कर्जा ०.९१ प्रतिशत रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...