छिमेक लघुवित्तको खुद नाफा -२३ करोड ८८ लाख घट्यो, कस्तो कम्पनीको बित्तिय अबस्था ?

वि.सं.२०७९ वैशाख २६ सोमवार ०९:१२

छिमेक लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट आएको छ । लघुवित्तले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ७१ करोड ७१ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत वर्षको सोही अवधिको तुलनामा २४.९९ प्रतिशत (२३ करोड ८८ लाख रुपैयाँ) कम हो । लघुवित्तले गत वर्षको चैतसम्म ९५ करोड ५९ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी बढे पनि संचालन नाफा र इम्पेयरमेन्ट चार्ज बढ्दा खुद नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १५.११ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा पनि १९.५१ प्रतिशतले घटेर १ अर्ब १२ करोड रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले २५ अर्ब ७९ करोड निक्षेप संकलन र ५ अर्ब ४५ करोड सापटी लिइ कुल ३२ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ । हाल २ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २ अर्ब ४० लाख र रिटेन अर्निङमा १ अर्ब २४ करोड रुपैयाँ संचित छ ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४१.१४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४१.६८, खराब कर्जा ०.९१ प्रतिशत रहेको छ ।