CG Electronics
IME Life
NIMB

‘एनसेल १२थ पास : द ग्लिच’ को पहिलो ब्याच सफलतापूर्वक सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं, असार २०८३ – ग्लोकलद्वारा प्रस्तुत तथा इम्बार्क कलेजद्वारा सञ्चालित ‘एनसेल १२थ पास : द ग्लिच’ कार्यक्रमको पहिलो ब्याच सफलतापूर्वक सम्पन्न भएको छ। तीन दिने गेमिफाइड बुटक्याम्पमा हालै कक्षा १२ उत्तीर्ण गरेका ५० जना विद्यार्थी सहभागी भएका थिए।

युवाहरूलाई भविष्यका लागि आवश्यक सीप र व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको बुटक्याम्पमा कृत्रिम बुद्धिमत्ता (एआई), व्यक्तिगत ब्रान्डिङ, कन्टेन्ट सिर्जना, वित्तीय साक्षरता, सञ्चार तथा करियर विकाससम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो।

कार्यक्रमको पहिलो दिन सहभागीहरूले एनसेल सिम कार्ड र उच्च गतिको डेटा प्याक प्राप्त गर्दै डिजिटल यात्राको सुरुआत गरेका थिए। एआई नीति अनुसन्धानकर्ता तथा प्रशिक्षक चन्दन गुप्ताको सहजीकरणमा सहभागीहरूले एआई, प्रम्प्ट इन्जिनियरिङ र डिजिटल पहिचान निर्माणबारे जानकारी लिएका थिए। उनीहरूले एआई उपकरणको प्रयोग गरी आफ्नो ‘एन्टी–बायो’ तयार गर्नुका साथै व्यावसायिक डिजिटल अवतार पनि निर्माण गरेका थिए।

दोस्रो दिन डिजाइन थिङ्किङ, कन्टेन्ट सिर्जना र भिजुअल ब्रान्डिङमा केन्द्रित कार्यक्रम सञ्चालन गरिएको थियो। नीरज न्यौपानेको सहजीकरणमा सहभागीहरूले ‘एनसेल कनेक्टिभिटी च्यालेन्ज’ अन्तर्गत क्यापकट तथा एआई–सहयोगी उपकरण प्रयोग गरी सामग्री निर्माण गरेका थिए। तयार गरिएका सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरिँदा सहभागीहरूको व्यक्तिगत ब्रान्डिङ तथा डिजिटल स्टोरीटेलिङ सीपमा सुधार आएको आयोजकले जनाएको छ।

अन्तिम दिन वित्तीय साक्षरता, बजेट व्यवस्थापन, सार्वजनिक वक्तृत्वकला र करियर योजनामा केन्द्रित गतिविधि सञ्चालन गरिएको थियो। ओजस्वी श्रेष्ठ तथा ग्लोकल टोलीको सहजीकरणमा सहभागीहरूले ‘काठमाडौं सर्भाइभर एन्ड प्लान ट्रिप टु बाली’ शीर्षकको अन्तरक्रियात्मक अभ्यासमा भाग लिएका थिए। साथै, एनसेल एपमार्फत सुराग खोज्दै ट्रेजर हन्ट खेलमा पनि सहभागी भएका थिए।

तीन दिने कार्यक्रमपछि सहभागीहरूले आत्म–जागरूकता, व्यक्तिगत ब्रान्डिङ, एआई दक्षता, डिजाइन थिङ्किङ, कन्टेन्ट सिर्जना, वित्तीय साक्षरता, बजेट व्यवस्थापन र सार्वजनिक वक्तृत्वकलाजस्ता सीप हासिल गरेका छन्।

कार्यक्रमको समापन समारोहमा सहभागीहरूलाई ‘स्किल भिसा ग्रान्टेड’ छाप अंकित ‘स्किल पासपोर्ट’ प्रदान गरिएको थियो। अन्तिम दिन करियर मार्गदर्शन सत्रसँगै ‘ग्लोकल टिन हिरो साउथ एसिया २०२६’ बारे पनि जानकारी गराइएको थियो।

ग्लोकलले सहभागी, प्रशिक्षक, सहजीकर्ता, मेन्टर, स्वयंसेवक, साझेदार तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै सिकाइलाई कक्षाकोठाभन्दा बाहिर विस्तार गर्दै रचनात्मकता, सहकार्य र नवप्रवर्तनमार्फत प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

ग्लोकल युवाहरूका लागि सिकाइ, नवप्रवर्तन, नेतृत्व तथा उद्यमशीलताका अवसर सिर्जना गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको संस्था हो।

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली...

वि.सं.२०८३ साउन ३ आइतवार १२:२३

  काठमाडौं, १६ जुलाई २०२६ — अग्नि ग्रुप अन्तर्गतको प्युजो...

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९

  काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल...