पर्साको पोखरिया नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी
Thursday May 19, 2022
वि.सं.२०७९ जेठ ५ बिहीवार ०९:४६
वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । मेयरमा पूर्वसांसद प्रधुम्नप्रसाद चौहान र उपमेयरमा रुवी कुमारी ठाकुर विजयी भएका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवार एवम् निवर्तमान मेयर दिपनारायण रौनियारलाई २४३३ मत अन्तरले पराजित गर्दै चौहान मेयरमा निर्वाचित भएको निर्वाचन अधिकृत पदम बहादुर कार्कीले जानकारी दिए ।




























