NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

स्थानीय जनप्रनिधिलाई अर्थमन्त्रीको निर्देशन : ठूला काम होइन, जनता खुसी हुने साना काम गर्नुस्

NIMB
leapmotornepal (citroen)

काठमाण्डौ । ३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिहरुसँग अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अन्तरक्रिया गर्नुभएको छ ।

मन्त्री शर्माले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग शुक्रबार बिहान अर्थमन्त्रालयमा भेट गरी अन्तरक्रिया गर्नुभएको हो । सो अन्तरक्रियामा रुकुम पश्चिमका नगरपालिका प्रमुख÷उप्रमुख, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्यलगायतको उपस्थिति थियो ।

जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पालिका भित्रका स्थानीयलाई ठूला कामको सपना नदेखाउन आग्रह गर्नुभयो । ‘तपाईहरुले स्थानीय जनतालाई ठूला काम गर्ने भनेर सपना नबाँड्नुस् । त्यस्ता काम गर्नेतिर पनि नलाग्नुस्’ उहाँले भन्नुभयो, ‘स्थानीय जनतालाई स–साना काम गरेरै खुसी बनाउनुस् । स्थानीयको दैनिकीसँग जोडिएको आवश्यकताहरु पुरा गरेर सबैको मन जित्ने काम गर्नुस् ।’
उहाँले स्थानीयको आवश्यकताका आधारमा पहिचान भएका ठूला परियोजना प्रदेश र संघले बनाउने पनि जानकारी दिनुभयो ।

 

पालिका तथा वडा कार्यालय आउने स्थानीयलाई कामको सहजीकरण गर्न छुट्टै कर्मचारीको व्यवस्था गर्न पनि उहाँले निर्देशन दिनुभयो । ‘कार्यालयमा सेवाग्राही आउनासाथ नमस्ते गर्दै स्वागत गर्न एउटा कर्मचारी राख्नुस् । ती कर्मचारीलाई सेवाग्राही के कामका लागि आएको हो, त्यो काम तुरुन्त गराउन सहजीकरण गर्न लगाउनुस् । तपाइृहरु (जनप्रनिधि) पनि नमस्ते खाएर बस्ने होइन, विकास निर्माणको कामको निरन्तर अनुगमन गर्नुस् ।’

संघ र प्रदेशले बनाएका परियोजनाको निरन्तर अनुगमन, मूल्यांकन र खबरदारी गर्ने काम स्थानीय तहको भएकाले त्यस्तो जिम्मेवारी पुरा गर्न उहाँले निर्देशन दिनुभयो । त्यस्तै प्रत्येक हप्ता जनताको बीच गएर अन्तरक्रिया, भेटघाट र सामिप्यता बढाउन उहाँले सुझाव दिनुभयो ।
मन्त्री शर्माले स्थानीयस्तरका बारेमा पर्याप्त ज्ञान राख्न, वडा सदस्यहरुलाई विभिन्न समिति बनाई जिम्मेवारी दिन, विकास–योजनाका बारेमा जिल्लास्तरका कर्मचारीहरुसँग छलफल गर्न, जनप्र्रतिनिधिलाई नैतिक आचरणबारे प्रशिक्षण दिन, दुई वा सो भन्दा बढी पालिकास्तरमा समन्वय गरी काम गर्नुपर्नेलगायतका सुझाव दिनुभएको थियो ।

छलफलमा जनप्रतिनिधिहरुले बजेटको पर्याप्तता, स्थानीय बासिन्दाको आवश्यकतालगायतका बारेमा जानकारी गराएका थिए ।

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...