NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

शारदा स्मृति समाजले विविध सामाजिक कार्यक्रम संचालन गर्न १० लाख रुपैयाँको अक्षयकोष स्थापना

NIMB
leapmotornepal (citroen)

 

काठमाण्डौ । पं. नवराज शारदा स्मृति समाजले विविध सामाजिक कार्यक्रम संचालन गर्न १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । पं.नवराज पौडेलको जन्मजयन्तीको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रमबीच सोको घोषणा गरिएको हो ।

आफ्ना अभिभावकका योगदानलाई मनन गर्दै उनीहरुप्रति सम्मान तथा समाजका लागि यथासक्य योगदान गर्ने लक्ष्यसाथ यो समाज स्थापना गरिएको हो ।

कार्यक्रम समाजका अध्यक्ष निर्मलराज पौडेलले संस्था गठनको पृष्ठभूमिका सम्बन्धमा प्रकाश पार्दै बुबा पं. नवराज पौडेल तथा आमा शारदा देवी पौडेलले दिनुभएको संस्कार शिक्षा र अभिप्रेरणाकै कारण समाजका लागि केही योगदान पुर्याउन सक्ने अभिलाषाले उक्त संस्था स्थापना गरेको बताउनुभयो । साथै पं नवराज पौडेलले सनातन धर्म संस्कृति तथा सामाजिक हितमा आफ्नो सारा जीवन समर्पित गर्नुभएको उल्लेख गर्नुभयो ।

बटुकहरुद्वारा स्वस्ती वाचन तथा विशिष्ट अतिथिहरुबाट पानसमा सामुहिक दीप प्रज्वलन तथा पं.नवराज पौडेल ज्यूको तस्वीरमा माल्यार्पण गरी समाजको विधिवत् समुद्घाटनसँगै शुरु भएको सो कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरुद्वारा पं.नवराज पौडेलको व्यक्तित्व तथा योगदान बारे चर्चा गरिएको थियो ।

कार्यक्रममा पं.नवराज पौडेलसँग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु तथा पौडेल परिवारका सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...