CG Electronics
IME Life
NIMB

भिभो वाई३३एसलाई लोकप्रिय बनाउने शीर्ष कारणहरू

NIMB
Himalayan Bank

 

काठमाण्डौ । स्मार्टफोन अहिले हाम्रो व्यक्तित्व झल्काउने माध्यम र जीवनशैलीको एक महत्वपूर्ण हिस्सा बनिरहेको छ। अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्ड भिभोले प्रयोगकर्ताको जीवनमा स्मार्टफोनको महत्वलाई महसुस गरेको छ र उनीहरुका आवश्यकताअनुरुप नयाँ उत्पादनहरु निरन्तर रुपमा आविष्कार र सिर्जना गर्दै प्रत्येक उत्पादनसँग प्रयोगकर्ताको अनुभव बढाउन लागि परिरहेको छ।

आज हामी वाई शृंखलाको पोर्टफोलियोको सबैभन्दा पछिल्लो संस्करण भिभो वाई३३एसका बारेमा कुरा गर्नेछौँ। यसले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री जस्ता पक्षहरुको सन्दर्भमा प्रयोगकर्ताको मन जित्न सफल भएको छ। वाई३३एसले मिड–रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा पूरा गर्ने शीर्ष ५ कारण यस प्रकार छन्–

 

१० शानदार क्यामेरा सेटअपः वाई३३एसमा ५०एमपीको रियर क्यामेरा छ, जसलाई २एमपी बोकेह क्यामेरा र २एमपी सुपर म्याक्रो क्यामेराले सपोर्ट गरेको छ। यसलाई भिभोको सिग्नेचर डुअल टोन स्टेपमा सुन्दर ढंगले तयार पारिएको छ। जसमा प्रयोगकर्ताहरुले शक्तिशाली इमेजिङ प्रविधिहरुको आनन्द लिन सक्नेछन्। यसमा ५०एमपी रियर क्यामेरा सेन्सर छ। जसले जुम इन वा क्रप गर्दा पनि तस्वीरको गुणस्तर कम नगरी स्पष्ट तस्वीरहरु खिच्छ। यसका साथै भिभोको सिग्नेचर सुपर नाइट एल्गोरिदमले नोइज घटाएर स्पष्ट फोटोहरु कदै गर्छ। यो स्मार्टफोनले प्रयोगकर्तालाई स्टाइलिस नाइट फिल्टरका चार सेटहरुका साथ अनुभवी प्रोजस्तै नाइट शटहरु खिच्न मद्दत गर्दछ जुन व्यावसायीक फोटोग्राफरहरुद्वारा विशेष रुपमा भिभोका लागि डिजाइन गरिएको हो।

वाई३३एसमा ईआईएस अल्ट्रा स्टेबल भिडियो पनि समावेश छ। जसले प्रयोगकर्ताहरुलाई मोसन भिडियो खिच्न सहयोग गर्छ। यसका साथै भिडियोहरुका लागि फेस ब्युटी र स्मार्ट सम्पादनजस्ता सुविधाहरुले अझ सुन्दर शटहरु लिन सकिन्छ। यसमा आई अटोफोकस पनि छ जसले उत्कृष्ट पोट्र्रेट खिच्न सकिन्छ। वाई३३एसमा सुपर एचडीआरले रङहरुलाई मिलाउने र छायाहरुमा विवरणहरु सार्प बनाउँछ।

स्मार्टफोनमा एचडी गुणस्तरको उत्कृष्ट सेल्फीहरुका लागि १६एमपी फ्रन्ट क्यामेरा छ। जसले प्रयोगकर्तालाई दिनभर विश्वस्त र रेडियन्ट तस्वीर लिन मद्दत गर्दछ। फ्रन्ट क्यामेराको इनबिल्ट मल्टिस्टाइलले प्रयोगकर्ताको मुड वा पोशाक अनुरुप शैलीहरुको चयन गर्न सक्छन्। फेस ब्युटी र बोकेहजस्ता सुविधाहरुले सजिलै आकर्षक, ग्लैमरस र प्राकृतिक लुक प्राप्त गर्दछ।

२० प्रिमियम डिजाइनः वाई३३एसले विलासी र प्रिमियम अनुभूतिको साथ स्लिम र ट्रेंडी डिजाइन प्रदान गर्दछ। यो १८२ ग्राम तौल भएको उपकरण हलुका छ र बोक्दा आरामदायी अनुमति दिन्छ। क्यामेरा अलाइनमेन्टमा भिभोको डुअल टोन स्टेपले यसको सुन्दरतालाई अझ बढाउँछ। यो स्मार्टफोनले दुईवटा रङहरु उपलब्ध छन्ः

मिरर ब्ल्याकः पछिल्लो डबल लेयर कोटिङ प्रविधिले यसको कालो रंगमा चमक थप्छ। यसलाई हेर्दा प्रकाश, छाया, टेक्सचर र अनन्त चमकभित्र लुकेको संसार पत्ता लगाउन सकिन्छ।

मिडडे ड्रिमः ओरेन्ज र ब्लू ढाँचाको एक आकर्षक चमकमा आधारित मिडडे ड्रिममा एजी टेक्सचरको अनुभूति गर्न सकिन्छ। यसमा लिक्विड क्रिस्टल कोटिङले स्मूथनेस थप्छ र फोनलाई फिंगरप्रिन्टरहित ।बनाउँछ। वाई३३एसको साइड पावर बटन आफैँमा एक बलियो फिंगरप्रिन्ट स्क्यानर पनि हो। यसमा फोन अनलक गर्न फेस वेक पनि छ।

३० ब्याट्री ब्याकअपः वाई३३एस मा ५००० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज छ। जसले उपभोक्ताको सबै ब्याट्रीसंग सम्बन्धित समस्याहरुलाई समाधान गर्छ। स्मार्टफोनमा तीन शक्तिशाली रणनीतिहरु छन्ः ५०००एमएएच ९टाइप० ब्याट्री, १८ वाट फास्ट चार्ज र भिभो इनर्जी गार्डिएन। यिनीहरुको मद्दतले प्रयोगकर्ताले ठूलो ब्याट्री क्षमताको पूर्ण उपयोग गर्न र कुशल ऊर्जा व्यवस्थापनको मजा लिन फोनलाई छिटो चार्ज गर्न सक्छन्। स्मार्टफोनमा रिभर्स चार्जिङ सुविधा पनि छ। जसले फोनलाई मोबाइल पावर बैंकमा परिणत गर्छ र अन–द–गो हुने उपभोक्ताहरुका लागि उपयोगी उपकरण बनाउँछ।

४० विशाल स्टोरेजः यस स्मार्टफोन ८जीबी र्याम छ। जुन एक्सटेन्डेड र्याम २.० को साथ आउँछ र रोमको निष्क्रिय स्पेस प्रयोग गरेर ४जीबीसम्म विस्तार गर्न अनुमति दिन्छ र एपहरुबीच स्विच गर्दा सहज र ल्याग मुक्त बनाउँछ।

५० उत्कृष्ट डिस्प्लेः यस स्मार्टफोनमा ६.५८ इन्च एफएचडी प्लस इन–सेल डिस्प्ले छ। जसले उज्यालो रङहरु र जीवन्त विवरणहरु प्रदान गर्दछ। यस फोनले समग्रमा निर्वाध र उत्कृष्ट अनुभव प्रदान गर्छ र गेम खेल्दा होस् वा चलचित्र हेर्दा होस् निर्विवाद स्पष्टता प्रदान गर्दछ। यसको बिल्ट–इन ब्लू लाइट फिल्टरले प्रयोगकर्ताको आँखालाई सुरक्षा प्रदान गर्दछ।

उत्कृष्ट डिजाइन, क्यामेरा सेटअप, शक्तिशाली ब्याट्री र स्टोरेजले वाई३३एस लाई मिड–रेन्ज सेगमेन्टमा उच्च रोजाइको स्मार्टफोन बनाउँछ। वाई३३एस रु. २९ हजार ९९९ मा देशभर उपलब्ध छ।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...