धर्म परिवर्तन गराउने दुई जापानी महिलालाई देश निकाला
Friday Nov 16, 2018
वि.सं.२०७५ कात्तिक ३० शुक्रवार ०५:११

काठमाडौं । गृह मन्त्रालयले भिसा दुरुपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका दुई जापानी महिलालाई ५ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको छ ।
मारी इकुरा र यासुको ओवाले इसाई धर्म प्रचारप्रसार गर्ने र गरिब बस्तीमा आर्थिक प्रलोभन देखाई धर्म परिवर्तन गराउँदै आएका थिए ।
गृहसचिव प्रेमकुमार राईको निर्णयबाट धर्म परिवर्तन गराउन संलग्न ती जापानीलाई बिहीबार निष्कासन गरिएको हो ।






















