CG Electronics
IME Life
NIMB

धनुषामा बोक्सी काण्ड घटनाले नयाँ मोड लिदै

NIMB
Himalayan Bank

जनकपुरधाम । धनुषाका सवैला नगरपालिकाको रघुनाथपुर टोलमा भएको बोक्सी काण्ड घटनामा नया ट्वीस्ट आएको छ ।

स्थानीय वासीले बोक्सी भनेर कुटपिट गरेको सोहि टोलकी महिला जुलेखा खातुनले लगाएको आरोप झुटो रहेको र आफुहरुलाई फसाउन खोजिएको भन्दै संचारकर्मीहरु सामु उपस्थित भएपछि घटनामा ट्वीस्ट आएका छन।

रघुनाथपुरमा गरिएको पत्रकार सम्मेलनमा बोक्सी भन्दै कुटपिट गरेको भन्दै आरोपीत हविव कवारीले पडोसीको छोरी संग भएका झगडालाई समाजमा मिलाउन खोज्दा आफु विरुद्ध वोलेको भन्दै खातुनले बोक्सी भन्दै कुटपिटका झुटो आरोप लगाउदै जाहेरि दिएको वताएका छन ।

उनले साधारण झगडालाई खातुनले अर्कैको भनाईमा लागेर बोक्सीको आरोप ठुलो आरोप हो भनि फसाउने उदेश्यले जाहेरि दिएको दावी गरे का हो । यता कुटपिटमा संलग्न रहेको आरोप लागेको नजिमा खातुनले घास काटि रहेकि आफनी बहिनीलाई अपश्वद किन भनेको भनेर जुलेखा खातुनलाई भन्दा उनले म माथि पनि झुठा आरोप लगाउदै मुद्दा दिएको आरोप लगाइन ।

उनले घरायसी झगडालाई कानुनको सहारमा आफुहरुलाई फसाउन खोजेको वताइन । यता बोक्सी भन्दै कुटपिट गरेको भन्दै आरोप लागेका अर्का आरोपीत सलिम अहमदले जुलेखा खातुनको झगडा मिलाउन आफु नगएकै निहुमा आफुलाई फसाइएको दुखेसो पोखे का हो ।

दुइ छिमेकि विच झगडा हुदा आफु अनुपस्थित रहेपनि जाहेरिमा आफनो पनि नाम रहेको कुरा पछिबाट थाहा भएको वताए । यसैगरि सोहि टोलका वार्ड अध्यक्ष प्रदिप महतोले दुई छिमेकिको झगडालाई षडयन्त्रपुर्ण तरिकालाई तन्काउन खोजिएको वताए का छन ।

अरुको भनाईमा आएर उनिहरुले कानुनको दुरुपयोग गरेको समेत वताए । यता जुलेखा खातुनका ससुरा इश्लाम कवारीले आफनो वुहारीले लगाएको आरोप गलत नरहेको भन्दै आफनो अडान कायमै राखेका थिए ।उनले सहि कुराका लागि कानुनको साहारा लिदा आफनै समाजले उपद्रव गर्दै आएको समेत दुखेसो पोखे का छन ।

गत साता सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुर निवासी ३७ बर्षीया जुलेखा खातुनले बोक्सीको आरोपमा आफुमाथि कुटपिट गरी क्रुर अमानविय व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकि थिइन ।
जिल्ला प्रहरी कार्यालय धनुषामा पिडित खातुनले आफुमाथि ६ जना स्थानीयले बोक्सीको आरोप लगाउँदै निर्मम रुपमा कुटपिट गरेको भन्दै जाहेरी दिएकी थिइन ।

उनले स्थानीय रहिमन कवारीको श्रीमति खैतुन खातुन,जुमरात राईनको श्रीमति अजिमा खातुन,ओकराहाबाला भन्ने जुमरत राईन,मो।हविव राईन,मो।समिम राईन र अ‍ैलुन राईन लगायतका व्यक्तिहरुले बोक्सी भन्दै आफूमाथि अनाहकमा कुटपिट गरेको भन्दै खातुनले जाहेरि दर्ता गराएकि थिइन । आरोपीतहरु सवै जुलेखा खातुनका नातेदारहरु रहेको वुझिएको छन ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...