CG Electronics
IME Life
NIMB

‘चिनियाँ राष्ट्रपति छिट्टै नेपाल भ्रमणमा आउनुहुन्छ ’ : डा. भट्टराई

NIMB
Himalayan Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने स्पष्ट पारेका छन् ।

उनले भने,‘यसबारेमा हामी दुबै तर्फका सदस्यहरुबीच कुराकानी भैरहेको छ । हाम्रो तर्फका संयोजकले भारतीय संयोजकसँग कुराकानी गरिरहनुभएको छ । अब मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ। तर अहिले मिति तोक्दैनौं।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा डा। भट्टराईले ईपीजीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धका सन्धि, सम्झौतादेखि लिएर सबै पक्षको बारेमा पूनरावलोकन गरेको दाबी गरे ।

उनले थपे,‘ईपीजीको यो दुई वर्षे कार्यकालमा ९ पटकसम्म बैठक बसेर हामीले विभिन्न आयामबारे छलफल गर्यौं । र, हामी दुवै तर्फका बसेर एकल प्रतिवेदन बनायौं । यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई पेश गर्ने निर्णय गरेका छौं ।

पहिले भारतीय प्रधानमन्त्री मोदीलाई बुझाउने भनेका छौं । ईपीजीको सुरु र अन्तिम बैठक नेपालमै बस्यो । यो संयोग नै हो । अब यो रिपोर्ट पहिला मोदीलाई बुझाउने भनेका छौं ।

दुवै देशका प्रधानमन्त्रीलाई बुझाएर नेपालमा संयुक्त पत्रकार सम्मेलन गर्ने भनेका छौं । हामी अहिले पर्खिएर बसेका छौं । उहाँले बुझ्नुहुन्न जस्तो मलाई लाग्दैन् । मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ ।’

ईपीजीको रिपोर्ट अत्यन्तै राम्रो बनेको र दुवै देशको हितमा रहेको पनि जिकिर गरे । उनले भने,‘रिपोर्ट कसरी अघि बढाउने भन्नेबारे अहिले दुवै तर्फका संयोजकबीच कुराकानी तथा सम्वाद भैरहेको छ ।’

नेपालबाट अन्य द्धन्द्धग्रस्त देशहरुले पनि सकारात्मक कुरा सिक्न सक्नेछन भनेर कुटनीतिक नियोगका प्रमुखहरुले भन्न गरेको पनि भट्टराईले सुनाए ।

नेपालले आन्तरिक रुपमा प्राप्त गरेको यी उपलब्धिहरुलाई विदेश नीतिको एउटा एजेण्डा भएको उनको तर्क छ । ‘हामीले द्धिपक्षीय र बहु–आयामिक अन्तर्राष्ट्रिय सेमिनारहरुमा यी विषयहरुलाई पनि उठाउनुपर्छ । यो सरकारले त्यो काम गर्दै आएको छ ।’–भट्टराईले भने ।

त्यस्तै उनले नेपालले राजनीतिक स्थिरता प्राप्त गरेर अब आर्थिक विकासमा जान्छौं भनेकाले अब त्यसको लागि विकासको साझेदारी खोज्ने बताए ।

उनले अन्तर्राष्ट्रिय संघ, संस्थाहरुबाट ऋण लिने र त्यसबाट पूर्वाधारका परियोजनाहरु अघि बढाउने सरकारको लक्ष्य रहेको सुनाए । ज्ञान र प्रविधि हस्तान्तरणको कुरा पनि महत्वपूर्ण रहेको सुनाउँदै उनले भने,‘हामी विकसित प्रविधिहरु नेपाल लिएर आउन चाहन्छौं ।

यी सबै कुराहरुलाई लिएर वा मोडालिटीलाई लिएर सरकारले नयाँ कानुनहरु बनाउन लागेको छ । हामी छिट्टै नयाँ कानुनहरु ल्याउँछौं । हामीले हाम्रो विदेशमा रहेका मिशनहरुलाई पनि त्यहीअनुसार निर्देशन दिने र परिचालित गराउँछौं ।’

नेपालको अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई अब धेरैभन्दा धेरै मुलुकहरुसँग द्धिपक्षीय सम्बन्ध बनाउने उनले विश्वास दिलाए । उनले भने,‘नभएका देशसँग द्धिपक्षीय सम्बन्ध बनाउने । र, भएका देशहरुसँग हामीले लिनसक्ने व्यापार र लगानीजस्ता कुराहरुमा अघि बढाउने हो ।

सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्यको क्षेत्रमा आदान–प्रदान गर्नुपर्ने कुरामा बढि केन्द्रित हुन्छौं । हामी यी विषयमा कति सफल छौं भनेर ती कुराहरुमा पूर्नमूल्र्याकन गर्नुपर्ने छ ।

ती सबैको पूनरावलोकन गरेर त्यसका कमिकमजोरीहरु पत्ता लगाउने र भएका खाल्डाखुल्डीहरु पुर्दै एउटा नयाँ बाटोतर्फ जाने हाम्रो विदेश नीति छ।’ नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अन्य मुलुकभन्दा घनिष्ठ रहेको उनले बताए ।

उनले भने,‘नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक छ । योसँग जोडिएका धेरै विषयहरु छन् । विगतका खासगरी ऐतिहाँसिक कालदेखि विषयहरु जोडिएका छन् । हामीसित केही विवादित सन्धि तथा सम्झौताहरु पनि भएका छन् । जलस्रोतको विषय होला ।

व्यापारको विषय होला । हामीले पाउनुपर्ने टा«न्जिट फ्यासिलिटीको विषय होला । यी सबै तमाम विषयहरुलाई पूनरावलोकन गर्नेगरि हामीले ईपीजी गठन गरेर काम गर्यौं ।’

नेपालको सम्बन्धलाई सबै मुलुकसँग उतिकै महत्वका साथ अगाडि बढाउने उनको भनाई छ । उनले भने,‘फलानोसँग हाम्रो विशेष सम्बन्ध हो, अर्कोसँग होईन भन्दैनौं । सबैसँग उतिकै राम्रो सम्बन्ध बनाउँछौं । तर, व्यवहारिक रुपमा हामी भारतसँग बढि नजिक छौं ।

हाम्रो दुई तिहाई व्यापार भारतसँग हुन्छ । लगानीपनि ठूलो संख्या छ । हामीसँग खुल्ला सिमाना रहिरहेको छ । परम्परागत रुपमा रहेको सम्बन्धका केही आधारहरु छन् । राजनीतिक किसिमका सम्बन्धहरु छन् ।

शिक्षा, स्वास्थ्यजस्ता जोडिएका कतिपय कुराहरु छन् । कतिपय सांस्कृतिक पक्षसँग जोडिएका सम्बन्ध छ । त्यसो हुँदा हाम्रो सम्बन्ध बढि भारतसँग छ ।’

त्यस्तै चीनसँगपनि नेपालको सम्बन्ध उतिकै प्रगाढ रहेको उनले बताए । भट्टराईले भने,‘चीनसँग हामी हजारौं वर्षदेखि एउटै हिमालको दुई तिर बग्ने पानी पिएर हुर्केका छौं । चीनसँग अब यातायातको सञ्जाल जोडिन सक्ने स्थिति भएको छ ।

रेलको सञ्जालपनि जोडिन सक्ने अवस्था छ । अब दक्षिणतर्फ मात्रै होईन, उत्तरसँगपनि क्रस बोर्डर टा«न्समिशन लाईन ९गल्छी–केरुङ० को लागि छलफल सुरु गरेका छौं । यो भोलि किमाथांका र उत्तरतर्फको भु–भागमा बन्न सक्ने कुरा छ। हामी उत्तरतिर पनि कनेक्टिभीटीको सञ्जाल बढाउन खोज्दैछौं ।’

भारत र चीन दुवै मुलुक सम्पन्न मुलुक भएकोले अब नेपालले दुवै मुलुकसँग आफ्नो सम्बन्ध आर्थिक रुपमा केन्द्रित गर्नेपनि उनले जनाए । उनले भने,‘भारत र चीन दुवै मुलुक आर्थिक र सामरिक हिसाबले पनि विश्वमा उदयीमान मुलुक हुन् ।

राजनीतिक हिसाबलेपनि उनीहरुको प्रभाव फैलँदो छ । त्यो फैलँदो प्रभावबाट हामीले हाम्रो मुलुकको हितमा, हाम्रो राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर के–के कुरा लिन सक्छौं । अहिले अत्यन्तै राम्रो अवसर हाम्रो कार्यकालमा आएको छ ।

आन्तरिक रुपमा पनि हामीले राजनीतिक स्थायित्व प्राप्त गरिरहेको अवस्था छ । बाहृय रुपमा पनि उनीहरुले आफ्नो प्रभाव अन्र्राष्ट्रिय रुपमा विस्तार गरिरहेको अवस्था छ । यो अत्यन्तै अनुकुल अवस्था हो । यो अवसरलाई बास्तवमा हामीले आर्थिक, सामाजिक रुपमा र विकासमा फड्को मार्ने अवसरको रुपमा लिनुपर्छ ।’

ईथोपिया, नाईजेरिया, रुवाण्डाको विकासपनि चीनसँग जोडिएको र ल्याटिन अमेरिकाको व्यापार अहिले सबैभन्दा बढि चीनसँग भएको पनि उनले सुनाए । उनले भने,‘भारतीयहरुले पनि अहिले अफ्रिकामा आफ्नो लगानी र व्यापार विस्तार गरिरहेका छन् ।

तर, हामीले यस्ता दुवै उदयीमान देशसँग जति फाईदा लिनुपर्ने हो त्यति लिन सकेका छैनौं । त्यसका लागि चाहिनेजति अनुशन्धान, अध्ययन, र बनाउनुपर्ने नीतिलाई हामीले प्राथमिकतामा राख्न सकेका छैनौं ।’

सरकारले युरोप, अमेरिका, नर्थ अमेरिका र एशियन मुलुकसँगपनि उतिकै राम्रो सम्बन्ध बनाउने र प्राथमिकतामा राख्ने भट्टराईले विश्वास दिलाए । उनले भने,‘अहिले दुई वटा छिमेकी भए पुग्छ भन्ने खालको अभिव्यक्ति कता–कता आईरहेको छ ।

त्यस्तो होईन, हामीले सबैसँग मित्रवत सम्बन्ध राख्नुपर्छ । दुई वटा छिमेकीले मात्र पुग्दैन् । आफ्नो देशको हितमा फाईदा लिनेगरि नीतिहरु बनेका छन् । अब तीनलाई प्रभावकारी रुपमा लागु गर्छौं ।’

प्रधानमन्त्री केपी शर्मा ओली आगामी सन् २०१९ को जनवरीरफेब्रुअरीतिर महत्वपूर्ण भ्रमणमा जाने आफूले सूचना पाएको पनि भट्टराईले जानकारी दिए । उनले भने,‘उहाँ महत्वपूर्ण अन्तर्राष्ट्रिय फोरममा सहभागी हुन विदेश भ्रमणमा जानुहुन्छ ।

त्यस्तै द्धिपक्षीय भ्रमणमा पनि जाने सूचना छ।’ फरक प्रसँगमा उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नभएको लामो समय भएको सुनाए ।

भट्टराईले भने,‘हाम्रो तर्फबाट ९प्रधानमन्त्री र राष्ट्रपति० दुवैको तर्फबाट चिनीयाँ राष्ट्रपति र उपराष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो गैसकेको छ । उहाँहरु आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ, र आग्रहपनि छ।’

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...