CG Electronics
IME Life
NIMB

प्रचण्डले पत्नीलाई तातोपानीमा डुबुल्की मार्न प्रयोग गरेको सेनाको हेलिकप्टरमा प्रधानन्यायाधीशले सिंगो परिवार यसरी रारा पुर्याए

NIMB
Himalayan Bank

काठमाडौ ।  सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र शुक्रबार बिहानै अन्य सहकर्मी न्यायाधीशहरुलाई पेशी तोकेर आफू परिवारसहित हेलिकोप्टर चढेर रारा भ्रमणमा निस्किएका छन्।

प्रचण्डले सोही हेलिकोप्टर चढेर म्याग्दीको तातोपानी पुगेर श्रीमती र गृहमंत्री सहित डुबुल्की मारेका थिए। शुक्रबार दिउँसो ३ बजेसम्म अदालतको इजलास सञ्चालन हुने भएकाले अन्य न्यायाधीशलाई उनले पेशी तोकेका छन्।

 

आज सर्वोच्चमा एकल सहित ९ वटा इजलास तोकिएको छ। उक्त भ्रमणलाई उच्च अदालत सुर्खेत, जुम्ला इजलासको निरीक्षण भनिएको छ।

 

आज १ सय ३१ वटा मुद्दा पेशीमा रहेका छन्। लामो समयदेखि रोकिएको संवैधानिक इजलास बुधवारबाट मात्र सुरु भएको छ। साताको दुई दिन चल्नुपर्ने संवैधानिक इजलास लामो समयपछि गठन भए पनि एक दिनमात्र पेशी तोकियो।

 

प्रधानन्यायाधीश मिश्रले ‘अदालतको निरीक्षण’ उल्लेख भएको उक्त भ्रमणमा श्रीमती, छोरी, ज्वाइँ र भतिजोसमेत रहेको सर्वोच्च स्रोतले जनाएको छ। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराईको परिवारसमेत रारा भ्रमणमा निस्केको स्रोतले जनाएको छ।

 

अदालत अनुगमनका लागि यसअघि परिवार र आफू नजिक रहेका व्यक्तिहरु लैजाने चलन छैन। जिल्ला अदालतहरुको भ्रमणका लागि प्रधानन्यायाधीश, अदालतका कर्मचारी र मातहतका उच्च अदालतका न्यायाधीश सानो संख्यामा जाने चलन थियो।

 

तर मिश्रले १६ जनाको जम्बो टोली बोकेर सर्वोच्च अदालतको खर्चमा भ्रमणमा निस्केका हुन्। यसअघि कामु प्रधानन्यायाधीश रहेको समयमा सेनाको हेलिकोप्टर लिएर दीपकराज जोशी पनि पेशी तोकेर दोलखाको भीमेश्वर दर्शनमा परिवारका सदस्यसहित निस्केका थिए।

 

करिब डेढ महिना कार्यकाल बाँकी रहेका मिश्रले पनि असअघिका प्रधानन्यायाधीश जस्तै मितव्ययीतालाई मिचेर परिवारसहित अदालतको कर्मचारी बाहेकका व्यक्तिलाई लिएर भ्रमण गरेका हुन्।

 

सेनाको होलिकप्टरमा गएको मिश्र टोली सुर्खेत-रारा हुँदै जुम्ला पुगेर आजै ३ः४५ मा फर्कने कार्यक्रम रहेको छ। बिहान ६ः३० बजे उनीहरुको टोली काठमाडौंबाट सुर्खेत प्रस्थान गरेको थियो।

 

मिश्रको यस्तो कदमपछि अदालतमा आलोचना भएको छ। प्रधानन्यायाधीश हुँदैमा उनले सेनाको हेलिकोप्टरमा गरेको भ्रमणले अदालत मितव्ययी नहुने भनी न्यायाधीशहरुले नै आलोचना गरेका छन्।

 

रारा भ्रमणका बारेमा जिज्ञासा राख्न खोज्दा सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेल सम्पर्कमा आएनन्। पटक-पटक कल गर्दा पनि उनको मोबाइल उठेन।

 

कोको छन् टोलीमा?

 

 

-प्रधानन्यायाधीश ओमप्रकाश मिश्र -श्रीमती, भतिजो, ज्वाइँ -सहप्रवक्ता नागेन्द्र कालाखेती -मुख्य रजिष्ट्रार राजन भट्टराई -श्रीमती करुणा भट्टराई कोइराला -रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायकी श्रीमती -निजी सचिव खड्ककृष्ण पोखरेल लगायत यस्तो छ कार्यक्रम प्रधानन्यायाधीशको उच्च अदालत सुर्खेत, जुम्ला इजलासको निरीक्षण भ्रमण तालिका काठमाडौबाट सुर्खेत ६ः३० सुर्खेत ८ः१५ सुर्खेत विमानस्थलमा इन्धन भर्ने ८ः१५ देखि ९ः०० रारा ताल पुग्ने ९ः३० राराबाट जुम्ला इजलास ११ः३० जुम्लामा खाना खाने १२ः४५ जुम्लाबाट सुर्खेत १ः१५ सुर्खेतमा इन्धन भर्ने १:५० सुर्खेतबाट काठमाडौ ३ः४५ बजे

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...