CG Electronics
IME Life
NIMB

राकुटेन भाइबरले र मिनिस्की ग्लोबलसँगको सहकार्यमा सार्वजनिक गर्यो “एम्‌गेम्स् च्याटबट”

NIMB
Himalayan Bank

काठमाडौं ।  मिनिस्की ग्लोबलसँगको साझेदारीमा राकुटेन भाइबरले रोमाञ्चक र सजिलै खेल्न मिल्ने गेमहरू विश्वकै अग्रणी मेसेजिङ एपमा सार्वजनिक गरी हाइपर क्याजुअल गेमिङलाई नयाँ उचाइमा पुर्याएको छ ।

एसिया प्यासेफिकका भाइबर प्रयोगकर्ताहरूले जुन २२ देखि भाइबरमा एमगेम्स्‌को च्याटबटमार्फत् ७०वटा हाइपर क्याजुअल गेमहरू निःशुल्क र सजिलै एक्सेस् गर्न सक्नेछ , साथै प्रत्येक महिना नयाँ गेमहरू सार्वजनिक गरिने छन्। एमगेम्स्,मिनिस्की ग्लोबलद्वारा निर्मीत क्याजुअल गेमिङ प्लेटफर्म हो जसले मेकानिक्स् र डिजाइनको आधारमा खेल्न सजिलो र कम स्पेसको गेमहरूलाई वृहत् लाइब्रेरी प्रदान गर्दछ ।

“मिनिस्की ग्लोबलको साथ सहकार्य गरी विभिन्न सेगमेण्टका प्रयोगकर्ताहरूको रुचीसँग मिल्दो मोबाइल गेम हाम्रो प्लेटफर्ममा समावेश गर्न पाएकोमा हामी निकै उत्साहित छौँ ।” राकुटेन भाइबरका प्रमुख डाइरेक्टर डेभिड त्सेले भन्नुभयो । गेम लञ्च गर्नुको उद्देश्य भाइबर प्रयोगकर्ताहरूलाई मनोरञ्जनात्मक गेमहरूको माध्यमबाट
अन्तरक्रिया र कम्यूनिकेशनका लागि वैकल्पिक बाटो प्रदान गरी हाइपरक्याजुअल गेमरहरूको कम्यूनिटी निर्माण गर्नु रहेको बताए ।

शाब्दिक गेम खेल्न मन पराउने, पजल हल गर्न मन पराउने, एर्डिनालिन रिलिज गर्ने रोमाञ्चकारी गेम देखि स्क्रिन ट्याप मात्र गर्न मन पराउने जस्ता धेरै बिकल्प सहितको जुनसुकै उमेरको समुहका प्रयोगकर्ताहरूको लागि गेम हरु उपलब्ध रहेको छ । प्रयोगकर्ताहरूले यी अन्तरक्रियात्मक हाइपर क्याजुअल गेमहरू आफ्ना सञ्जालमा रहेका हरूसँग पुरस्कार र लिडरबोर्डका लागि प्रतिस्पर्धा गर्न मिल्नेछ । भाइबर प्रयोगकर्ताहरूले व्यक्तिगत लबी सृजना गरी आफ्ना साथीभाइ तथा परिवारसँग ‘अमुल्य समय’ बिताउन सक्नेछन् ।

“गेमिङको सामाजिक पाटो अक्सर बेवास्ता गरिँदै आइएको छ, तर हामीलाई विश्वास छ कि यसले हाम्रो प्रयोगकर्ताहरूलाई सशक्त रूपमा आफ्ना सञ्जालमा रहेकासँग घुलमिल हुन मद्दत पुर्याउने छ । उदाहरणका लागि, भाइबरमा एमगेम्सको प्राइभेट लबीहरू रहेका छन् जसले गर्दा भाइबर प्रयोगकर्ताले आफ्नो साथीभाइ तथा परिवारको साथ मैत्रीपूर्ण प्रतियोगिताहरू आयोजना गर्न सक्नेछन् । मेसेजिङ एपसँगको तपाईँको अनुभवलाई अझ जिवन्त, गतिशिल र नयाँ आयामहरू थप्न यी सुविधाहरू थप प्रभावकारी हुनेछन् ।” मिनिस्किका लागि प्रमुख कार्यकारी अफिसर रोनाल्ड रविन्स्‌ले बताउनुभयो ।

मण्डालुयोङ शहरमा जुन ८ मा आयोजित भाइबर मिडिया लञ्चमा एमगेम्स् च्याटबटको क्रममा, फिलिपिन्सका मिडियाका सदस्यहरूले आकर्षक पुरस्कारका लागि प्रतिस्पर्धा गर्दा कम्यूनिटी गेमिङको रमाइलो अनुभव गरे।\

नेपाल र बङ्गलादेशका मिडियाकर्मीहरू एमगेम्सको रमाइलोमा भर्चुअल्ली सामेल भएका थिए । बाधारअवरोधलाई पन्छ्याउन एण्डलेस ब्लक स्ट्याकिङ गर्नुपर्ने रोमाञ्चक ‘टैरो ब्लक’, ‘ह्याक ए मोल’, जसले खेलाडीहरूलाई आफूले पार्कमा बिताएको क्षणलाई पुनः प्राप्त गर्न सहयोग गर्ने रस ‘फ्युरियस स्पीड’, एड्रेनालाईन रिलिज गराउने ’कार(चेजिङ’ जस्ता केही गेमहरू निजी लबीमा खेलिएको थियो ।

भाइबरसँगको हाम्रो साझेदारी गेमिफिकेशन मार्फत पुरस्कृत अनुभवहरू सिर्जना गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो। यस सहकार्यले गेमिङप्रति मानिसहरूको साझा प्रेमको माध्यमबाट कम्यूनिटीहरू निर्माण गरेको मिनिस्कीको प्रारम्भिक दिनहरूको सम्झना गराउँछ, र हामी यो प्रतिबद्धतालाई अधिक र विविध क्याजुअल गेमिङमा रुची राख्ने दर्शकहरूलाई प्रदान गर्न पाउँदा गर्व गर्छौं जुन भाइबरले मात्र सम्भव पार्न सक्छ। मिनिस्किका लागि प्रमुख कार्यकारी अफिसर रोनाल्ड रविन्स्‌ले बताए ।

निजी लबीहरू निर्माण गरी आफ्ना साथीभाइ तथा परिवारसँग अमुल्य टाइम बिताउन एमगेमहरू भाइबरमा खेल्न सुरु गर्नुहोस् । एमगेमहरूका बारे थप जान्नुका लागि www.viber.comमा जानुहोस् वा,www.mineskiglobal.com/mgamesगई हाम्रो आधिकारिक पेजलाई फलो गर्न सक्नुहुनेछ ।

राकुटेन भाइबरको बारेमा :

राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो । भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान(टु(वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्रियाजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन् ।भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ। राकुटेन भाइबर, राकुटेन भाइबर, आइएनसीको एक हिस्सा हो, ई(कमर्स र वित्तीय सेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो । आजै भाइबर जोइन गरी विश्वकै सबैभन्दा उत्तम कम्यूनिकेशनको फाइदाहरू लिनुहोस् ।

मिन्सिकी ग्लोबलको बारेमा :

मिनेस्की ग्लोबल दक्षिणपूर्वीय एशियाको अग्रगामी इस्पोर्ट्स कम्पनी हो जससँग २००४ देखि इस्पोर्ट्स र गेमिङका सबै पक्षहरूलाई समेट्दै फिलिपिन्स, इन्डोनेसिया, थाइल्याण्ड जस्ता देशहरूमा वृहत् र व्यापक टूर्नामेण्टहरू आयोजना गरेको छ ।

मिनिस्की डिजिटलको बारेमा :

सन् २०२०मा स्थापित, मिनिस्की डिजिटलले विश्वभर रहेका गेम पारखीहरूलाई गेमिङको अदभूत अनुभव प्रदान गर्न गेमिफिकेशन एप सार्वजनिक गरेको छ । एक वर्षभन्दा कम समयमा, डिभिजनले कर्पोरेट ग्राहकहरूसँग रणनीतिक साझेदारीको विकास गर्दै, १०५ एओएम वृद्धि दरका साथ २० लाखभन्दा बढी प्रयोगकर्ताहरूलाई सेवा दिँदै आइरहेको छ ।

 

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...