CG Electronics
IME Life
NIMB

साधारण सभाबाट पारित जेठ महिनामा ९ कम्पनीको २ करोड ३६ लाख कित्ता बोनस शेयर सूचीकृत 

NIMB
Himalayan Bank

साधारण सभाबाट पारित जेठ महिनामा ९ कम्पनीको २ करोड ३६ लाख कित्ता बोनस शेयर सूचीकृत   काठमाडौं । जेठ महिनामा ९ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । यी कम्पनीहरुले आ–आफ्नै साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट बोनस शेयर सूचीकृत गराएको हो ।

जसमध्ये धेरै ५ वटा बीमा कम्पनी रहेका छन् भने २ लघुवित्त, एक फाइनान्स कम्पनी र एक व्यापार कम्पनी रहेको छ ।

बीमा कम्पनी
नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, नेशनल लाइफ र ज्योति लाइफ इन्स्योरेन्सको बोनस शेयर जेठ महिनामा सूचीकृत भएको हो ।

नेपाल लाइफको जेठ २६ गते १४ प्रतिशत दरका १ करोड ७९ हजार ९५८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । त्यस्तै नेशनल लाइफको जेठ ३ गते १९ प्रतिशत दरका ६४ लाख ४२ हजार ६८९ कित्ता, ज्योति लाइफको जेठ ३ गते नै १० प्रतिशत दरका २२ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

त्यस्तै, नेको इन्स्योरेन्सको जेठ जेठ १७ गते १५ प्रतिशत दरका २२ लाख ८२ हजार ४५० कित्ता र प्रुडेन्सिय इन्स्योरेन्सको जेठ १८ गते ७ प्रतिशत दरका ७ लाख ७५ हजार ९८२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

लघुवित्त संस्था
जेठ महिनाको हालसम्म दुई लघुवित्तको मात्रै बोनस शेयर सूचीकृत भएको छ । सर्पोट लुघवित्त वित्तीय संस्था र आरएसडिसी लघुवित्त वित्तीय संस्थाको आ–आफ्नै संस्थाबाट पारित भएको बोनस शेयर यो महिनामा सूचीकृत भएको हो ।

सर्पोट लघुवित्तले जेठ १७ गते ३० प्रतिशत दरका १ लाख ९८ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो भने आरएसडिसी लघुवित्तले जेठ ११ गते १० प्रतिशत दरका ७ लाख ३१ हजार ९५९ कित्ता बोनस शेयर सूचीकृत गराएको हो ।

सेन्ट्रल फाइनान्स
सेन्ट्रल फाइनान्सले जेठ १० गते ७.७० प्रतिशत दरका ६ लाख ७८ हजार ३९७ कित्ता बोनस शेयर सूचीकृत गराएको हो ।

साल्ट ट्रेडिङ
साल्ट ट्रेडिङ कर्पोरेशनले जेठ १० गते साधारण सभाबाट पारित भएको १० प्रतिशत दरका २ लाख ३० हजार ४८२ कित्ता बोनस शेयर सूचीकृत गराएको हो ।

जेट महिनाको यस अवधिसम्म नेप्सेमा ७ कम्पनीको कुल २ करोड ३६ लाख ९ हजार ९१७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...