CG Electronics
IME Life
NIMB

सहकारी बैंक बागलुङ शाखाको त्रैमासिक समिक्षा

NIMB
Himalayan Bank

बागलुङ । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बागलुङको आ.व. २०७५÷०७६ को पहिलो त्रैमासिक समिक्षा कार्यक्रम बुधवार सम्पन्न भएको छ ।

बैंकका सञ्चालक रामबहादुर जिसीको अध्यक्षतामा सम्पन्न समिक्षा कार्यक्रममा शाखा प्रमुख शैली खड्काले शाखाको चालु आर्थिक वर्षको ३ महिनाको समग्र अवस्था बारेमा जानकारी गराउनु भएको थियो ।

राष्टिय सहकारी बैंकको दोस्रो शाखाका रुपमा २०६५ साल मंसिर २६ गते स्थापना भएको बागलुङ शाखामा हाल २ सय ५० वटा सहकारी संघ संस्था सदस्य रहेको, १ करोड शेयर रकम, ३० करोड बचत र १५ करोड लगानी रहेको शाखा प्रमुख खड्काले जानकारी दिनु भयो ।

वित्तीय कारोबारसंगै सहकारी संघ संस्थाहरुको क्षमता अभिवृद्धि गर्न, शिक्षा तथा तालिम लिएर सहकारीलाई प्रभावकारी बनाउन, सहकारीका सदस्यहरुलाई विभिन्न क्षेत्रको अध्ययन अवलोकन गराई व्यवसायिक दक्षता वृद्धि गर्न सहकारी बैंकले सदस्य सहकारी संघ संस्थाहरुलाई सहयोग गर्दै आएको बैंकका सञ्चालक रामबहादुर जिसीले बताउनु भयो ।

उहाँले सहकारी बैंकले आफ्ना शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई आगामी साधारणसभाबाट १५ प्रतिशत नाफा दिनुका साथै कारोबारका आधारमा समेत लाभांश दिने तयारी गरेकाले ढुक्क भएर शेयर खरिद गर्न र कारोबार बढाउन आग्रह गर्नु भएको थियो । सहकारी संघ संस्थाहरुको प्रवद्र्धनका लागि स्थापित सहकारी बैंकको १५ वार्षिक साधारणसभा आगामी पुस २१ र २२ गते काठमाडौमा हुने भएको छ ।

समिक्षा कार्यक्रममा नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा, नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका लेखा सदस्य खीमबहादुर कार्की, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गाबहादुर कुँवर, जिल्ला सहकारी संघका लेखा समितिका संयोजक रुद्रबहादुर केसी, सञ्चालक रतनकुमार मलेपति, लेखा सदस्य लिला खड्का लगायतले बैंकको शाखाले लिएको लक्ष्य पुरा गर्नका लागि समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

सोही अवसरमा बागलुङ शाखाबाट सरुवा भई केन्द्रीय कार्यालयमा जान लाग्नु भएका वरिष्ठ सहायक बुद्धराम बललाई विदाई गरिएको थियो । बैंकका सञ्चालक जिसीले देशभर कार्यक्षेत्र रहेको बैंकको जुन शाखा वा कार्यालयमा रहेपनि सहकारीको भावना र मर्म अनुसार काम गर्न आग्रह गर्नु भएको थियो ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...