CG Electronics
IME Life
NIMB

सहकारीहरूले गुणस्तर प्रविधिको प्रयोगमार्फत् सदस्यहरूलाई सेवा दिने तयारी

NIMB
Himalayan Bank

काठमाडौं । सहकारीहरूले गुणस्तर प्रविधिको प्रयोगमार्फत् सदस्यहरूलाई सेवा दिने तयारी गरेका छन् । आइतबार काठमाडौंमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) ले आयोजना गरेको साकोस शिखर सम्मेलनमा सहकारीमा प्रविधिको प्रयोगको विषयमा छलफल भएको हो ।

सम्मेलनमा सहकारीमा प्रविधिको प्रयोग : विद्यमान चुनौति र समाधानका विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रस्तोता डा. भोजराज घिमिरे र मनोज घिमिरेले अब सहकारीमा प्रविधिको प्रयोग आवश्यक रहेको र यसका लागि तयारी पनि भइरहेको जानकारी दिए ।

डा. घिमिरेले सहकारीमा प्रविधिको प्रयोगको अभ्यास, अन्तर्राष्ट्रिय अभ्यास, प्रविधिको आवश्यकता र वर्तमान घटनाक्रमहरुको विषयमा प्रस्तुति दिँदै सहकारीमा बैंकहरुको भन्दा उच्च प्रविधिको प्रयोग गरी सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिने बताए । उनले यसका लागि आफ्नो कम्पनी नियोसिस टेक्नोलोजी प्रालिले नेफ्स्कुनसँग सहकार्य गरेर काम गरिरहेको पनि बताए ।

‘हामी बैंकको भन्दा पनि उच्च प्रविधिको प्रयोग गर्दैछौं, यसले सेवाग्राही तथा सदस्यहरुलाई सहज सेवा हुन्छ, अहिलेको जस्तो ढड्डाको प्रयोगभन्दा पनि अब डाटामा निर्धारित सेवा हुन्छ,’ उनले भने ।

उनले डिजिटलाइजेसन, डिजिटाइजेसन, डिजिटल ट्रान्सफोरमेसन र डिजिटल इन्क्लुजन आवश्यक रहेको बताए । घिमिरेले साझा प्लेटफर्ममार्फत् सेवा दिनुपर्ने, न्यून लागतमा अधिकतम् सेवा प्रवाह गर्नुपर्ने र प्रविधिमार्फत् स्थानीयकरण गर्नु पर्ने धारणा पनि राखे ।

यस्तै, सो कार्यपत्रमाथि राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, डा। सोहनबाबु खत्रीले टिप्पणी गरेका थिए । टिप्पणीकर्ताले पनि अब सहकारीमा प्रविधिको आवश्यकता रहेकोले जति सक्दो छिटो सम्पूर्ण सहकारीहरुलाई डिजिटाइजेसन गर्न प्रयोगमा पहल गर्नु पर्ने बताएका थिए ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...