CG Electronics
IME Life
NIMB

किन बच्चाको शिक्षाका लागि वियर फेष्टिभल ?

NIMB
Himalayan Bank

 

काठमाडौं । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरुका लागि विशेष विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले आगामी आषाढ ४ अर्थात जुन १८, २०२२ मा एक विशेष कार्निभल आयोजना गर्ने भएको छ ।

स्कुल फर स्पेसल्स् प्रोजेक्टको रुपमा राउण्ड टेबल नेपालले पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गर्नेछ भने डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र बृद्धिका लागि सहयोग गर्ने लक्ष्य समेत राखेको छ ।

स्कुल फर स्पेसल्स् प्रोजेक्टको पहिलो विद्यालय निर्माणका लागि राउण्ड टेबल नेपालकै सदश्यले निःशुल्क प्रयोगकका लागि दिएको जग्गामा विद्यालय निर्माण गर्ने विकल्प सहित आफनै जग्गा खरिद गर्ने सम्मका योजनाहरु रहेका छन् । जसको पहिलो पाईलाको रुपमा यो फण्ड रेजर ईभेन्ट आयोजना गर्न लागिएको हो ।

आर्थिक रुपमा यस परियोजनाका सहयोगीहरुलाई दबाब नपर्ने र आर्थिक गतिविधी समेत हुने र प्रायोजकले ब्याबसायिक कार्यक्रम जस्तै लाभ हाँसिल गर्नसक्ने यस्तै कार्यक्रमहरु राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा आयोजना गर्दै जाने राउण्ड टेबल नेपालको योजना रहेको छ ।

दि मल्ल होटलमा आयोजना गरिने यस विशेष कार्निभलमा मल्ल होटलले स्वादिष्ट खाना पस्किनेछ भने, विभिन्न नेपाली ब्राण्डका वियर, वियर ककटेल, मकटेल लगायतका पेय रहनेछन् । बालबालिकाहरुका लागि विशेष खेलहरु हुनेछन् भने डिजे र लाईभ ब्याण्डले रोमान्चक माहौल बनाउनेछन् । ”जुन वियर कार्निभल”को नाउँमा आयोजना हुने यो कार्यक्रम वियर फेष्टिभल र पारीवारीक कार्निभलको संयुक्त रुप हुनेछ । यो कार्यक्रमको प्रवेश टिकट दर रु. १०००/- तोकिएको छ जसमा एक बोटल वियर निःशुल्क उपलब्ध गराईनेछ भने कार्यक्रमका प्रायोजकले थप भौचरहरु समेत प्रदान गर्नेछन् ।

यस कार्निभलको आयोजनाको लागि निःशुल्क रुपमा होटल उपलब्ध गराएर दि होटल मल्ल स्कुल फर स्पेसल परियोजनामा सहकार्यको हात बढाएको हो । दि मल्ल होटलकी एशोसिएट डाईरेक्टर अनुस्का मल्लले राउण्ड टेबल नेपालको यस योजनामा सहभागि हुन पाउँदा आफु हर्षित भएको बताउँदै यस कार्यक्रमको सफलताका लागि सबैखाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

डाउन सिन्ड्रोम तथा अटिजम प्रति जनचेतना अभिबृद्धि गर्दै यस्ता फरक क्षमता भएका बालबालिकाहरुको शिक्षा तथा बैयक्तिक विकासमा सहयोगि बन्ने अभिप्रायका साथ राउण्ड टेबलले यूवा लक्षित कार्यक्रमको आयोजना गर्ने भएको हो ।

राउण्ड टेबल नेपालले फ्रिडम थ्रु एजुकेशन शिर्षकमा नेपालको शिक्षा क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । खासगरी सामुदायीक विद्यालयको कक्षा कोठा निर्माणमा अग्रसरता देखाउँदै आएको यस संस्थाको अगुवाईमा ५८ विद्यालयमा ३७३ भन्दा बढी कक्षाहरु र ४ण् भन्दा बढी ट्वाईलेट ब्लकको निर्माण गरिसकेको छ ।

हालै बाग्मती प्रदेश मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकाको फाखेलमा रहेको सिंह भैरब विद्यालयमा २ वटा कक्षाकोठा तथा कम्प्यूटर ल्याबको निर्माण गरि हालै विद्यालय ब्यवस्थापनलाई हस्तान्तरण गरिएको छ । जसको उद्धाटन राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेतीले गर्नुभएको थियो ।

किन बच्चाको शिक्षाका लागि  वियर फेष्टिभल ?

आजका यूवालाई बालबालिकासँग जोड्न सजिलो छैन त्यसमाथि पनि डाउन सिन्ड्रोम तथ अटिजम जस्तो विशेष अवस्था भएका बालबालिका सन्दर्भमा यूवालाई चेतनशिल बनाउन पर्याप्त संसाधनहरु नभएको परिप्रेक्ष्यमा यूवाको रोजाईमा पर्ने विषय सँग जोड्ने प्रयत्न गरिएको हो । जसमा खान, पेय र पारिवारीक मनोरञ्जन एकसाथ आउने छन् ।

के हो राउण्ड टेबल नेपाल ?

सन् १९२७ मा ब्रिटेनमा स्थापना भएको राउण्ड टेबल इन्टरनेशनललाई सि. के. गोल्छाले १९८९ मा नेपाल भित्र्याएका थिए । यूवा उद्यमीहरुको सामाजिक संस्थाको रुपमा पहिचान पाएको राउण्ड टेबल नेपाल सक्रिय सामाजिक सेवामा सदैब तत्पर रहँदै आएको छ । ३६ हजार भन्दा बढी विद्यार्थि लाभान्वित हुनेगरी नेपाल भरका २६ विद्यालयहरुमा १७० भन्दा बढी कक्षा कोठा निर्माणमा सघाउ पु¥याई सकेको राउण्ड टेबलले संचालनमा ल्याने परियोजना स्कुल फर स्पेशल आफनो फ्रिडम थ्रु एजुकेशनकै एक्सटेन्सन हो ।

 

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...